२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ठगी कम गराउन वैदेशिक रोजगार व्यवसायीहरूलाई क्षमता अभिवृद्धि तालिम

२०८०, ३ बैशाख आईतवार ०९:४८

बैशाख ३, काठमाडौँ | सरकारले वैदेशिक रोजगार व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिन थालेको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्यालाई कम गर्न  बोर्डले  तालिम दिन थालेको हो ।

आइतबार र सोमबार गरेर दुई दिनसम्म चल्ने तालिममा सबै व्यवसायीलाई अनिवार्य गरिएको बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले जानकारी दिए ।

तालिममा व्यवसायीहरूलाई विद्यमान रहेका कानुन, व्यवसायीहरूको नैतिकता, अन्तर्राष्ट्रिय अभ्यास लगायतका विषयमा जानकारी गराइने उनको भनाई छ ।


तालिमको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै श्रम रोजगार सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले तालिमबाट व्यवसायीहरूलाई धेरै राहत मिल्ने बताए ।

तालिममा व्यवसायीका समस्या र अबको वैदेशिक रोजगारी कसरी समय सापेक्ष बनाउन भन्ने विषय छलफल हुनेछ । त्यस्तै व्यवसायीहरूबाट ठगिँदै आएका नेपाली श्रमिकका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा समेत सरकारी अधिकारीहरू र व्यवसायीबीच छलफल हुने उप्रेतीले बताए ।

तालिममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, मन्त्रालयका सहसचिवहरू राजिव पोखरेल, डा. भीष्मकुमार भुसाललगायतले प्रशिक्षण दिनेछन् ।

व्यवसायीहरूबाट नेपाली श्रमिक ठगिँदै आएका घटना व्याप्त छन् । यस्ता कतै नियतबस ठग्ने गरेका देखिन्छन् भने कतिपय अवस्थामा नजानेर श्रमिक ठगीमा पर्ने गरेका छन् ।

तालिमबाट व्यवसायीहरूले नेपालमा विद्यमान रहेका कानुनी अवस्थाको बारेमा जानकारी पाउनेछन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा कस्तो खालका अभ्यासहरू भइरहेका भन्ने विषयमा समेत व्यवसायीहरूलाई जानकारी गराइनेछ ।

उक्त, तालिम पश्चात व्यवसायीहरूबाट श्रमिकमाथि हुने गरेका ठगीका घटना कम हुने अपेक्षा बोर्डले लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल