२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ओरिएन्टेसन माफियाहरुसँग वैदेशिक रोजगार बिभागको सेटिङ !

२५ बैशाख २०८०, सोमबार ०४:४१

वैशाख २५, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई ओरिएन्टेसन माफियाहरुले वैदेशिक रोजगार बिभागसँग सेटिङ गरि ठगि गरिरहँदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुकदर्शक बनेको छ । 

वैदेशिक रोजगारमा जानु पुर्व लिनुपर्ने अभिमुखिकरण तालिम नलिई कामदारहरु वैदेशिक रोजगारमा गईरकेहि सम्बन्धमा मिडियाहरुमा पटक-पटक समाचार छापिईरहँदा सम्बन्धित निकायले अनदेखा गर्नुले सरकारी निकायकै मिलिमतोमा माफियाहरुले रजाई गरिरहेको आरोप लाग्न थालेको छ । स्रोतबाट प्राप्त जानकारी अनुसार ओरिएन्टेसन माफियाहरुले सम्बन्धित निकायहरुलाई आफ्नै इशारामा नचाईरहेका छन् । वैदेशिक रोजगार बिभागसँगको मिलिमतोमा माफियाहरुले आफ्नैलाई पनि अनुगमन गरेझैं गरि नियमित सेटिङमा काम गर्दै आएका छन् । यसरी काम गर्ने माफियाहरुले झोलामा संस्था राखेर काम गर्ने देखि अभिमुखिकरण संस्थाले पालना गर्नुपर्ने मापदण्डलाई समेत नमानी मनोमानी ढंगले काम गर्दै आएका छन् । 

यता यो सेटिङ धन्दालाई निस्तेज पार्ने जिम्मेवारी पाएको वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार बोर्ड भने माफियाहरुले चढाउने प्रति कामदार एक सयदेखि डेढसयसम्मको भेटि पाएर बेथितिलाई अनदेखा गर्दै आएको स्रोतको दावी छ । यसरी सेटिङ कर्ताहरुले चढाउने भेटि श्रम मन्त्रालयका सचिवसम्मलाई पुग्ने गरि व्यवस्था मिलाइएको कारण बेथिति नियन्त्रणको साटो अनदेखा गरिरहेको स्रोत बताउँछ । 


पछिल्लो समय म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखिकरण तालिम लिन अभिमुखीकरण तालिमकेन्द्रमै आउन बाध्यता नरहेको भन्दै एक हजारदेखि १५ सयसम्म अशुली गर्दै सेटिङमै प्रमाणपत्र दिदै आएका छन् । यसरी अभिमुखीकरण तालिम केन्द्रमा पढ्ननै नगई प्रमाणपत्रको व्यवस्था सेटिङधारी ओरिएन्टेसन व्यवसायीहरुले गरिदिन्छन् । वैदेशिक रोजगारमा जाने युवाहरु समेत दुई-दुई दिनसम्म पढ्नुपर्ने झन्झट भन्दै  पैसामै मिलाउन राजि हुने गरेका छन् । पढ्नुपर्नेले पढ्न नचाहने, वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुले समेत कामदारहरुलाई सकेसम्म अभिमुखिकरण तालिममा पठाउन नचाहने र सेटिङ गरेरै सजिलै कमाई खान पाइने व्यवसायीहरु समेत इमान्दार नबन्दा अभिमुखिकरण तालिम लिनुपर्ने विषय चरम बेथितिको विषय बनेको छ । नेपालबाट दैनिक औशतमा दुई हजार नेपाली युवाहरु वैदेशिक रोजगारमा जाँदा झन्डै ५० देखि ६० प्रतिशतले अभिमुखीकरण तालिम लिनुपर्ने बुझिएको छ ।  हाल सेटिङबाटै ७५ प्रतिशत भन्दा बढीले अभिमुखिकरण तालिम लिएको प्रमाण पाउने गरेको अनुमान गरिएको छ । यसरी सेटिङ मिलाउँदा एक हजारदेखि दुई हजार ५०० सम्म अशुली हुन्छ । स्रोतले दिएको जानकारी अनुसार यदि श्रम गर्न हतार छ भने ७/८ हजार रकम बुझाएर १०/१५ मीनेटमै पनि तालिम लिएको प्रमाणपत्र पाइने गरि सेटिङ हुने गरेको छ । 

यस सम्बन्धमा वैदेशिक रोजगार अभिमुखिकरण तालिम प्रदायक संस्थाका केहि संचालकहरुले लामो समयदेखि चल्दै आएको सेटिङ धन्दाले अभिमुखिकरण तालिम इमान्दारितापुर्वक तरिकाले पढाएरै आफ्नो संस्था चलाउनेहरु व्यवसयहरु क्रमश धराशायी बन्दै गएको बताउँछन् । बिभागले झोलामा रहेको संस्थाहरुलाई कुनै कारवाही नगरेको साथै पहिले अनुगमनमा परेर कारवाहीमा तानिएकाहरुलाई समेत उचित कारवाही नगरी केहि महिना काम गर्नबाट बन्चित बनाउने बाहेक अरु कारवाही नगरी नवीकरण गरिदिनु बिभागबाट भएको आर्थिक चलखेलको संकास्पद व्यवहार छ । 

अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा बेथिति रहेको बिषयमा वैदेशिक रोजगार बिभागका अधिकारीहरुले गैरजिम्मेवार जावाफ दिएर बेथितिलाई प्रश्रय दिदै आएका छन् । यस सम्बन्धमा जानकारी माग्दा बिभागका अधिकारीहरु 'कहाँ-कहाँ भ्याउने ?' भन्दै उल्टो प्रतिप्रश्न गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य