२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ओरिएन्टेसन माफियाहरुसँग वैदेशिक रोजगार बिभागको सेटिङ !

२०८०, २५ बैशाख सोमबार ०४:४१

वैशाख २५, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई ओरिएन्टेसन माफियाहरुले वैदेशिक रोजगार बिभागसँग सेटिङ गरि ठगि गरिरहँदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुकदर्शक बनेको छ । 

वैदेशिक रोजगारमा जानु पुर्व लिनुपर्ने अभिमुखिकरण तालिम नलिई कामदारहरु वैदेशिक रोजगारमा गईरकेहि सम्बन्धमा मिडियाहरुमा पटक-पटक समाचार छापिईरहँदा सम्बन्धित निकायले अनदेखा गर्नुले सरकारी निकायकै मिलिमतोमा माफियाहरुले रजाई गरिरहेको आरोप लाग्न थालेको छ । स्रोतबाट प्राप्त जानकारी अनुसार ओरिएन्टेसन माफियाहरुले सम्बन्धित निकायहरुलाई आफ्नै इशारामा नचाईरहेका छन् । वैदेशिक रोजगार बिभागसँगको मिलिमतोमा माफियाहरुले आफ्नैलाई पनि अनुगमन गरेझैं गरि नियमित सेटिङमा काम गर्दै आएका छन् । यसरी काम गर्ने माफियाहरुले झोलामा संस्था राखेर काम गर्ने देखि अभिमुखिकरण संस्थाले पालना गर्नुपर्ने मापदण्डलाई समेत नमानी मनोमानी ढंगले काम गर्दै आएका छन् । 

यता यो सेटिङ धन्दालाई निस्तेज पार्ने जिम्मेवारी पाएको वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार बोर्ड भने माफियाहरुले चढाउने प्रति कामदार एक सयदेखि डेढसयसम्मको भेटि पाएर बेथितिलाई अनदेखा गर्दै आएको स्रोतको दावी छ । यसरी सेटिङ कर्ताहरुले चढाउने भेटि श्रम मन्त्रालयका सचिवसम्मलाई पुग्ने गरि व्यवस्था मिलाइएको कारण बेथिति नियन्त्रणको साटो अनदेखा गरिरहेको स्रोत बताउँछ । 


पछिल्लो समय म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखिकरण तालिम लिन अभिमुखीकरण तालिमकेन्द्रमै आउन बाध्यता नरहेको भन्दै एक हजारदेखि १५ सयसम्म अशुली गर्दै सेटिङमै प्रमाणपत्र दिदै आएका छन् । यसरी अभिमुखीकरण तालिम केन्द्रमा पढ्ननै नगई प्रमाणपत्रको व्यवस्था सेटिङधारी ओरिएन्टेसन व्यवसायीहरुले गरिदिन्छन् । वैदेशिक रोजगारमा जाने युवाहरु समेत दुई-दुई दिनसम्म पढ्नुपर्ने झन्झट भन्दै  पैसामै मिलाउन राजि हुने गरेका छन् । पढ्नुपर्नेले पढ्न नचाहने, वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुले समेत कामदारहरुलाई सकेसम्म अभिमुखिकरण तालिममा पठाउन नचाहने र सेटिङ गरेरै सजिलै कमाई खान पाइने व्यवसायीहरु समेत इमान्दार नबन्दा अभिमुखिकरण तालिम लिनुपर्ने विषय चरम बेथितिको विषय बनेको छ । नेपालबाट दैनिक औशतमा दुई हजार नेपाली युवाहरु वैदेशिक रोजगारमा जाँदा झन्डै ५० देखि ६० प्रतिशतले अभिमुखीकरण तालिम लिनुपर्ने बुझिएको छ ।  हाल सेटिङबाटै ७५ प्रतिशत भन्दा बढीले अभिमुखिकरण तालिम लिएको प्रमाण पाउने गरेको अनुमान गरिएको छ । यसरी सेटिङ मिलाउँदा एक हजारदेखि दुई हजार ५०० सम्म अशुली हुन्छ । स्रोतले दिएको जानकारी अनुसार यदि श्रम गर्न हतार छ भने ७/८ हजार रकम बुझाएर १०/१५ मीनेटमै पनि तालिम लिएको प्रमाणपत्र पाइने गरि सेटिङ हुने गरेको छ । 

यस सम्बन्धमा वैदेशिक रोजगार अभिमुखिकरण तालिम प्रदायक संस्थाका केहि संचालकहरुले लामो समयदेखि चल्दै आएको सेटिङ धन्दाले अभिमुखिकरण तालिम इमान्दारितापुर्वक तरिकाले पढाएरै आफ्नो संस्था चलाउनेहरु व्यवसयहरु क्रमश धराशायी बन्दै गएको बताउँछन् । बिभागले झोलामा रहेको संस्थाहरुलाई कुनै कारवाही नगरेको साथै पहिले अनुगमनमा परेर कारवाहीमा तानिएकाहरुलाई समेत उचित कारवाही नगरी केहि महिना काम गर्नबाट बन्चित बनाउने बाहेक अरु कारवाही नगरी नवीकरण गरिदिनु बिभागबाट भएको आर्थिक चलखेलको संकास्पद व्यवहार छ । 

अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा बेथिति रहेको बिषयमा वैदेशिक रोजगार बिभागका अधिकारीहरुले गैरजिम्मेवार जावाफ दिएर बेथितिलाई प्रश्रय दिदै आएका छन् । यस सम्बन्धमा जानकारी माग्दा बिभागका अधिकारीहरु 'कहाँ-कहाँ भ्याउने ?' भन्दै उल्टो प्रतिप्रश्न गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण