२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतमा ८३ जना युवाहरु अलपत्र, ६ महिनासम्मको तलब नदिई राहदानी समेत लिएर रोजगारदाता भाग्यो

११ श्रावण २०८०, बिहीबार ०९:४७

अनिल अधिकारी । साउन ११, काठमाडौँ । काठमाडौँ बसुन्धारास्थित टिजीएल नेपाल प्रालिदेखि कुवेतको LAMAC PLUS GENERAL TRADING AND CONT.CO कम्पनीमा रोजगारमा पुर्याईएका युवाहरुलाई रोजगारदाताले सुरुवातदेखिनै तलब र काम दिएन । बरु उल्टो कम्पनीमा नेता बन्न लागेको भन्दै झापाका निशान विष्टलाई नेपाल फिर्ता गरेर श्रमिक माथिनै कारवाही गर्ने काम गरिएको यस साझा सबाल मिडियालाई गुनाशो प्राप्त भयो ।

वैदेशिक रोजगारको क्रममा गत नोभेम्वर १९ तारिखमा कुवेत पुगेका नेपाली युवाहरुलाई कुवेत पुगे लगत्तैदेखि समस्या आईपरेको विषयमा गुनाशो प्राप्त भएको थियो । उनिहरुले पहिलो महिनाको काम र तलब समेत नपाएपछि गुनाशो गरेका थिए । यस सम्बन्धमा यस मिडिया मार्फत सम्बन्धित म्यानपावरलाई ध्यानाकर्षण गरिएपछि  म्यानपावरका संचालक अमृत रिजालले गुनाशो अनुसार ध्यानाकर्षण त गरे तर पहिलो महिनाको तलब दिलाउन सकेनन् । 

नेपाली युवाहरुले सुरुको एक महिनाको तलब नपाएपनि 'हामीलाई अहिले काम दिएको छ । हामी काम गर्छौं ।' भनेपछि युवाहरुकै आग्रहमा पहिलो महिनाको तलब नपाएको सम्बन्धमा मिडिया यस घटना सार्वजनिक भएन । मिडियामा पीडितहरुले जानकारी दिनुअघिनै नेपाली श्रमिकहरुले गत डिसेम्बरमा काम र तलब नदिएको भन्दै रोजगारदाता कम्पनीको बिरोध गरेका थिए । तर समस्या समाधानको सट्टा काठमाडौँ स्थित म्यानपावर कम्पनीकै आग्रहमा उक्त बिरोध गर्ने श्रमिकहरुको नाइके भन्दै झापाका निशान विष्टलाई कम्पनी मार्फत टर्मिनेट गराउन लगाएको पाइएको छ । यस सम्बन्धमा साझा सबाल मिडियामा आएको गुनाशो अनुरुप ध्यानाकर्षण गराउँदा पीडित बिष्टले बिर्तामोडस्थित एजेन्टहरु मार्फत क्षेतिपूर्ति पाएका थिए । 

पिडित विष्टले नेपाल फर्किएपछि साझा सबाल मिडियालाई भनेका थिए – 'कम्पनीले काम र तलब नदिएको बिषयमा बोल्दा मलाई रोजगारबाट टर्मिनेट गरिएको हो । मैले एक लाख ९० हजार तिरेर रोजगारमा गएको थिएँ ।' पिडित बिष्टलाई ग्रुपिजम गरेको भन्दै त्यसको नेता मानेर टर्मिनेट गरेको अवस्थामा त्यसैलाई देखाएर कम्पनीले अरुलाई तर्साएको बुझिएको छ । मिडिया मार्फत नै उक्त कम्पनीको समस्या बाहिर आउने भएपछि युवाहरुले एक महिना पछिबाट काम पाए । त्यसपछि पनि समस्यामा परेका केहि नेपालीलाई म्यानपावरले नेपाल फिर्ता ल्यायो । 

पछिल्लो समय सोहि कम्पनीमा रहेका ८३ जना नेपाली युवाहरु अलपत्र परेका छन् । अलपत्र परेका अधिकांश नेपालीहरुको अकामा छैन । रोजगारदाता कम्पनी LAMAC PLUS GENERAL TRADING AND CONT.CO ले ६ महिनासम्मको तलब नदिई सम्पर्कबिहीन बनेपछि युवाहरु अलपत्र परेका हुन् । उक्त कम्पनी आफ्नो सम्पर्कमा समेत नरहेको टिजीएल नेपाल प्रालि म्यानपावरका संचालक अमृत रिजालले साझा सबाल मिडियालाई बताएका छन् । 


एक पीडितले भने – 'हामी ८ महिनाअघि आएका हौँ । म्यानपावरले राम्रो कम्पनि भनि पठाएको थियो । यता ल्याए पछि सप्लाई कम्पनी भने थाहा भयो । यस कम्पनी मार्फत कुवेत ओएल कम्पनि (KOC) मा काम लगाउने सर्त थियो । आएपछि पहिलो महिनाको तलब पाइएन । म्यानपावरलाई भन्दा वेवास्था भयो अनि मिडिया गुहारेका हौँ । त्यसपछि समस्या तत्कालको लागि समाधान भयो तर अब रोजगारदाता कम्पनीनै भाग्यो ।' पीडितहरुको अनुसार उनीहरुको राहदानी समेत लिएर कम्पनी भागेको छ । हाल तीनदेखि ६ महिनासम्मको तलब समेत लिएर सप्लाई कम्पनी भागेपछि उक्त कम्पनी मार्फत काम गर्ने करिब ३०० जना कामदार अलपत्र छन् । जसमध्य ८३ जना नेपाली रहेको पाइएको छ ।  

पीडितहरुका अनुसार कम्पनीनै भागेपछि खाना समेत नपाएको अवस्था छ । उनिहरुको अनुसार बस्न व्यवस्था छ तर पानी, बत्ति,  एसी केहि छैन । दुई सातादेखि कम्पनी बन्द भएपछि युवाहरु कोठामै सुत्न बाध्य छन् । पीडितहरुले कम्पनीले अकामा नदिएकाहरुले नेपाल फर्किन जरिवाना तिर्नुपर्ने भएको र उक्त शुल्क २५० देखि ३५० कुवेती दिनर प्रतिव्यक्ति रहेको बताए । फाइनकै कारण कतिपय नेपाली फाइन तिरेर जान पर्ने अवस्थामा रहेका छन् । आफ्नो समस्यामा सम्बन्धित पक्षले खासै ध्यान नदिएपछि नेपालीहरुले आफूहरुलाई नेपाल उद्दार गरिदिन नेपालीहरुको अनुरोध छ । अधिकांश युवाहरुले राहदानीनै लिएर कम्पनी भागेपछि ट्राभल डकुमेन्ट बनाई नेपाल आउनु पर्ने बाध्यता रहेको पीडितहरुको भनाई छ । 

पीडितहरुले दुतवासमा समेत यस सम्बन्धमा खबर गरेको तर  दुतावासके चासो नदेखाएको आरोप लगाएका छन् । उनिहरुले आफ्नो समस्याबारे म्यानपावरलाई पटक-पटक चासो देखाउँदा पनि म्यानपावरले वेवास्था गरेको तर मिडिया मार्फत ध्यानाकर्षण भएपछि मात्र पीडितहरु संगको सम्पर्कमा आएको बताए । पीडितहरुमध्य केहि पोखराको राज ओभरसिजको साखा कार्यालयबाट, केहि बिर्तामोडका म्यानपावर साखा कार्यालय र केहि बसुन्धारा स्थित टिजीएलबाटै वैदेशिक रोजगारमा गएको पाइएको छ । जाने क्रममा युवाहरुसंग डेढलाख देखि २ लाख ५० हजारसम्म अशुली भएको पीडितहरुले बताए । 

रोजगारमा पुगेका नेपालीहरु पीडित बनेको विषयमा पटक-पटक ध्यानाकर्षण गराइएको टिजीएल नेपाल प्राली म्यानपावरका संचालक अमृत रिजालले आफूले पीडित युवाहरुलाई फिर्ता ल्याउने कोसिस गरिरहेको बताएका छन् । संचालक रिजालले रोजगारदाता कम्पनीले जालझेल गरेर नेपाली युवाहरुलाई पीडित बनाएको स्वीकारे । उनले भने 'बदमास कम्पनी रहेछ । अहिले मेरो सम्पर्कमा पनि छैन । युवाहरुलाई उद्दारकै लागि म कोसिसमा छु ।' संचालक रिजालले उक्त रोजगारदाताको डिमाण्ड इन्डियन एजेन्सी मार्फत नेपालकै एजेन्ट मार्फत आफूले पाएको खुलाए । संचालक रिजालले पीडितहरुलाई आवश्यक क्षेतिपूर्ति दिने प्रतिबद्धता समेत जनाएका छन् । 

यस सम्बन्धित भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै