२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना पक्राउ

२०८०, ९ भाद्र शनिबार ११:०९

भदौ ९, काठमाडौँ | ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काअनुसार  गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१, मथुरापाटी बस्ने राजन सत्याल एक साथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए ।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले उनीहरुलाई अपहरण गरी, डोरीले बाँधी शारीरिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरेको भनी पीडितका आफन्तले ब्यूरोमा लिखित निवेदन दिएका थिए ।

सोही आधारमा अनुसन्धानमा खटिएको ब्यूरोको टोलीले ग्रीस तथा दुबईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न अन्य व्यक्तिलाई भदौ २ गते काठमाडौँ महानगरपालिका–८ गौरिघाट डेरा कोठाबाट फिरौती रकमसहित नियन्त्रणमा लिइएको र ग्रीसमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्धार गर्न सफल भएको ब्यूरोले जनाएको छ ।

ब्युरोका अनुसार नेपालमा फिरौती रकम लिने कार्यमा संलग्न धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षका दिलबहादुर थापालाई पक्राउ गरिएको हो । पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश