३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आठ हजार बढी युवा क्रोएसिया, माल्टा र पोल्याण्ड जाँदा ९३ प्रतिशत कन्सल्टेन्सी र व्यक्तिले पठाए

१५ मंसिर २०८०, शुक्रबार ०६:०७

मङ्सिर १५, काठमाडौँ । पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । गत चार महिनाको रेकर्डलाई हेर्ने हो भने यी तीन देशमा रोजगारमा जाने युवाहरु ८ हजार ५९१ जना रहेका छन् । जसले मध्ये संस्थागत रुपमा जानेहरुको संख्या ६३९ जना मात्र रहेको पाइएको छ । 

माथिको संख्यालाई आधार मान्ने हो भने संस्थागत रुपमा वैदेशिक रोजगारमा यी देशमा जानेहरुको संख्या ७ प्रतिशत मात्र रहेको छ । नेपाल सरकारले युरोप रोजगारको लागि सहजीकरण नगर्दा युरोप रोजगारको क्रममा व्यति तथा कन्सल्टेन्सीहरुको धन्दा बढ्दै गएको पाइएको छ । त्यसो त कतिपयले म्यानपावर खोलेर वैदेशिक रोजगार नीति बिपरित व्यक्तिगत श्रम स्वीकृतिमा समेत वैदेशिक रोजगारको धन्दा चलाउँदै आएको पाइएको छ । यो आर्थिक बर्ष सुरु भए यता क्रोएसिया जान ४००८ जनाले व्यक्तिगत श्रम स्वीकृति लिदा ५३७ जनाले मात्र संस्थागत रुपमा रोजगारमा गएको पाइएको छ । त्यस्तै माल्टा रोजगारको लागि ३०४१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिंदा १०२ जनाले मात्र संस्थागत रुपमा श्रम स्वीकृत लिएको पाइएको छ । यता ९०३ जनाले पोल्याण्ड जान व्यक्तिगत श्रम स्वीकृति लिंदा संस्थागत रुपमा रोजगारमा जानेको संख्या शुन्य रहेको पाइएको छ । 




व्यक्ति आफ्नै प्रयासमा युरोप रोजगारमा जान सक्ने नीति रहेपनि युरोप रोजगारमा जाने यति धेरै संख्या व्यक्ति-व्यक्ति आफ्नै प्रयासबाट मात्र भएको भने होइन । पछिल्लो समय अवैधानिक व्यक्ति तथा कन्सल्टेन्सीको सक्रियतामा धमाधम श्रम स्वीकृति लिंदै वैदेशिक रोजगारमा जाने क्रम चलिरहेको छ । यसरी युवा गईरहेको विषयमा सम्बन्धित निकाय जानाकार भएपनि नियन्त्रणको पाटो निकै फितलो बनाइएको छ । अवैधानिक क्रियाकलाप गर्नेहरुलाई कडाई छैन । सम्बन्धित निकायमा उजुरीनै पुगेपनि पैसामा मिलाएर अवैध काम गर्ने छुट दिइदै आएको छ । 

यसरी व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको संख्या हावी हुँदा कन्सल्टेन्सी तथा व्यक्तिगतरुपमा नीतिले अवैधानिक मानेका व्यक्तिहरुको यो क्षेत्रमा हालीमुहाली बढ्दै गएको छ । यसरी वैदेशिक रोजगार नीतिभन्दा बाहिर रहेर अवैधानिक प्रक्रियाको हावी हुँदा बेथितिसँगै ठगि पनि बढ्दै गएको छ । युरोप रोजगारको प्रलोभनमा एक घर एक पीडित जस्तै अवस्था रहेको गुनाशो छ । यस्तो बेथितिको वातावरण मौलाईरहँदा श्रम मन्त्रालय मुकदर्शक बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै