१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने कन्सलटेन्सीका ६ संचालकहरू पक्राउ

३१ जेष्ठ २०८१, बिहीबार ०८:३८

जेठ ३१, काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेम बहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद तथा अछाम रामारोशन गाउँपालिका-१ घर भएका २५ वर्षीय टंकराज खनाल, काठमाडौं धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्‍चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे रहेका छन् ।    

रेशम रावलसमेतले काठमाडौं कोटेश्वर र तिनकुनेमा संचालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्‍युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्स समेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै गैरकानूनी रूपमा कागजात र रकम संकलन गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कन्सलटेन्सीबाट २ सय २० थान राहदानी समेत बरामद गरेको छ ।

उनीहरूले विभिन्न सामाजिक संजालमार्फत विभिन्न देशहरूमा आकर्षक तलब भत्ता सेवा सुविधाहरू पाइन्छ भनी झुट्टा विज्ञापन प्रचार प्रसार गर्ने गरेको, पीडितहरूको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितहरूलाई १ लाख ५० हजारदेखि २ लाख रूपैयाँसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी फर्काउने गरेको, विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजातहरू बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन