2026-09-28 10:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किए

प्रकाश धौलाकोटी/पुस १८, तेह्रथुम । रोजगारीकालागि चार वर्षदेखि कतारमा रहेका म्याङलुङ्ग नगरपालिका–८, आम्बुङका ४० वर्षे खड्गबहादुर आम्बुङको परिवार यतिवेला शोकमा छ । 

धेरै धनसम्पत्ति कमाउने र परिवारलाई खुसी दिने ध्येयले परदेशिएका खड्गको काम गर्दा गर्दै कतारमै मृत्यु भएपछि उनको सपना र परिवारको मन एकसाथ टुटेको छ । 

उनको परिवारमा बुवा दिलबहादुर, आमा आइतमाया, ३१ वर्षे श्रीमती र दुई छोरा छन् । पैसा कमाउन गएको छोरो कहिले फर्किएला ? र आफ्ना सुःखका दिन सुरु होलान् भन्ने आशामा बसेकी आमा आइतमाया भन्छिन्, ‘छोराले धेरै कमाउँला ? भन्ने सोचेकी थिएँ, तर बाकसमा पो फर्कियो ।’ खड्ग कतारमा सेक्युरिटी सर्भिसमा काम गर्थे ।

काम गर्दा गर्दै अचानक हर्टअट्याक भएर गत मंसिर ८ गते उनको मृत्यु भएको शव बुझाउन आएका साथी विष्णु गुरुङले बताए । शव ल्याउने प्रक्रियामा ढिलाई हुँदा ढिलो मात्र शव ल्याउन सकिएको मृतकका भतिजा धनसुन्दर लिम्बुले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह