चैत २३, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउन"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खाडीमा घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन्’

२०७३, २३ चैत्र बुधबार १२:४२

चैत २३, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ । 

समाजले यहाँ आज पत्रकार सम्मेलन गरी ‘घरेलु कामदारसम्बन्धी निर्देशिका २०७२’ अध्ययन नै नगरी घरेलु कामदार पठाउने कार्य बन्द गर्न निर्देशन दिइएको जिकिर गरेको छ । 

समाजका अध्यक्ष किरण प्रधानले निर्देशिकाअनुसार जाने कामदार पूर्णरुपमा सुरक्षित हुने भएपनि त्यो बाटो बन्द गर्दा भारत, श्रीलङ्का हुँदै अवैध ढङ्गले जानेको सङ्ख्या ह्वात्तै बढ्ने टिप्पणी गर्नुभयो । 

समाजमा आबद्ध ३० भन्दा बढी मेनपावरले घरेलु कामदार पठाउनका लागि अनुमति लिनकै लागि रु २५ लाखका दरले वैदेशिक रोजगार विभागमा रकम जम्मा गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अवैधानिक ढङ्गले अहिले लाखभन्दा बढी महिला खाडीका विभिन्न राष्ट्रमा घरेलु कामदारका रुपमा काम गरिरहेका छन् । त्यसलाई व्यवस्थित गरेर वैधानिक ढङ्गबाट लैजान खोज्दा श्रम समितिले बन्द गर्न निर्देशन दिनुले फेरि पनि अवैध ढङ्गले कामदार जाने अवस्थाको निर्माण गर्छ ।” 

निर्देशिका अनुसार पठाएका कुनै पनि कामदारले कुनै समस्या भोग्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाडीका राष्ट्रमा अहिलेसम्म जम्मा १३० जनाले मात्रै निर्देशिकाअनुसार मेनपावरमार्फत वैधानिक ढङ्गले घरेलु कामदारका रुपमा गएका छन्, उनीहरुलाई कुनै अप्ठ्यारो आइपरेको अहिलेसम्म कुनै गुनासो आएको छैन ।” 

समाजका महासचिव डिबी तामाङले अहिले दिनहुँ एक हजार महिला अवैध ढङ्गबाट खाडीमा गइरहेको र तिनलाई व्यवस्थित गरेर पठाउन खोज्दा समितिले हस्तक्षेप गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “श्रम समितिको निर्णयपछि अवैध ढङ्गले खाडीमा घरेलु कामदारका रुपमा जान पूर्णरुपमा रोक्न सक्नुपर्छ । नभए त्यसरी जानेको जिम्मा श्रम समितिले लिनुपर्छ ।” 

अवैधानिक ढङ्गले पठाइरहेकाले चलखेलका आधारमा समितिलाई प्रभावमा पारी वैधानिक ढङ्गबाट पठाउन रोक लगाउने निर्णय गराएको उहाँले आरोप लगाउनुभयो । संसदीय समितिले यही चैत २० गते खाडी राष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारले निर्देशन दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति