चैत २३, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउन"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खाडीमा घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन्’

२३ चैत्र २०७३, बुधबार १२:४२

चैत २३, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ । 

समाजले यहाँ आज पत्रकार सम्मेलन गरी ‘घरेलु कामदारसम्बन्धी निर्देशिका २०७२’ अध्ययन नै नगरी घरेलु कामदार पठाउने कार्य बन्द गर्न निर्देशन दिइएको जिकिर गरेको छ । 

समाजका अध्यक्ष किरण प्रधानले निर्देशिकाअनुसार जाने कामदार पूर्णरुपमा सुरक्षित हुने भएपनि त्यो बाटो बन्द गर्दा भारत, श्रीलङ्का हुँदै अवैध ढङ्गले जानेको सङ्ख्या ह्वात्तै बढ्ने टिप्पणी गर्नुभयो । 

समाजमा आबद्ध ३० भन्दा बढी मेनपावरले घरेलु कामदार पठाउनका लागि अनुमति लिनकै लागि रु २५ लाखका दरले वैदेशिक रोजगार विभागमा रकम जम्मा गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अवैधानिक ढङ्गले अहिले लाखभन्दा बढी महिला खाडीका विभिन्न राष्ट्रमा घरेलु कामदारका रुपमा काम गरिरहेका छन् । त्यसलाई व्यवस्थित गरेर वैधानिक ढङ्गबाट लैजान खोज्दा श्रम समितिले बन्द गर्न निर्देशन दिनुले फेरि पनि अवैध ढङ्गले कामदार जाने अवस्थाको निर्माण गर्छ ।” 

निर्देशिका अनुसार पठाएका कुनै पनि कामदारले कुनै समस्या भोग्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाडीका राष्ट्रमा अहिलेसम्म जम्मा १३० जनाले मात्रै निर्देशिकाअनुसार मेनपावरमार्फत वैधानिक ढङ्गले घरेलु कामदारका रुपमा गएका छन्, उनीहरुलाई कुनै अप्ठ्यारो आइपरेको अहिलेसम्म कुनै गुनासो आएको छैन ।” 

समाजका महासचिव डिबी तामाङले अहिले दिनहुँ एक हजार महिला अवैध ढङ्गबाट खाडीमा गइरहेको र तिनलाई व्यवस्थित गरेर पठाउन खोज्दा समितिले हस्तक्षेप गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “श्रम समितिको निर्णयपछि अवैध ढङ्गले खाडीमा घरेलु कामदारका रुपमा जान पूर्णरुपमा रोक्न सक्नुपर्छ । नभए त्यसरी जानेको जिम्मा श्रम समितिले लिनुपर्छ ।” 

अवैधानिक ढङ्गले पठाइरहेकाले चलखेलका आधारमा समितिलाई प्रभावमा पारी वैधानिक ढङ्गबाट पठाउन रोक लगाउने निर्णय गराएको उहाँले आरोप लगाउनुभयो । संसदीय समितिले यही चैत २० गते खाडी राष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारले निर्देशन दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ