११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजार सपना बोकेर मलेसिया पुगेका मानसिङको मानसिक सन्तुलन गुमेपछि…

१७ भाद्र २०७४, शनिबार ०७:१८

भदौ १७, जुम्ला । यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।

कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

 सधैं भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको मोह बढ्यो । उनले स्थलमार्गको यात्रा गरेर भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाई मार्गको यात्रासँगै दुःख गरेर भए पनि खाडी मुलुकमा जाने र केही कमाउने सपना बुने । कसैको काम गरेर सामान्य आम्दानी गर्ने उनीसँग भने विदेश जाने मोटो रकम थिएन ।

यसअघि घरमा उनकी श्रीमती सपनाको मानसिक सन्तुलन गुमेको थियो । उनलाई ठीक ठाउँमा ल्याउन ऋणको जोहो गर्नुपर्यो । झण्डै रु एक लाख २५ हजार खर्च गरेर श्रीमतीलाई निको पारेका उनले ऋणको साँवा र ब्याज चुक्ता गर्न विदेश जानुपर्ने नै थियो ।

खेतबारीको उत्पादनले तीन महिना जीवन निर्वाह गर्न धौधौ हुने उनको परिवारका लागि राहदानी बनाउनदेखि काठमाडौँ भएर विदेश जानु पहाड ढाल्नु जत्तिकै थियो । 

तथापि निकै हारगुहार गरी दुई महिना लगाएर सयकडा रु चार–पाँच ब्याज दिनेगरी रु एक लाख ५० हजार ऋण प्राप्त गरी जस्मिन ओभरसिज प्रालि वसुन्धरा काठमाडौंमार्फत गत साउन १७ गते उडान भरेका उनी १८ गते मलेसिया पुगे । दुर्भाग्य, पुगेको पाँच दिनपछि नै उनको मानसिक सन्तुलन गुम्यो ।

झण्डै एक महिनादेखि मानसिक रोगका बिरामी सुनार तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी हुन् । उनी बेसहारा अवस्थामा रहेको उनीसँगै मलेसिया पुगेका छिमेकी दाइ अमृत सुनारले जानकारी दिए । ‘एक्कासि दिमागले काम नगरेपछि कम्पनीले उसलाई उपचारका लागि लगेको थियो । त्यसपछि कहाँ के भएको छ भन्ने मलाई थाहा छैन’, उनले भने ।

पहिलो पटक आएको र भाषाको पनि ज्ञान नभएकाले आफूलाई पनि निकै गाह्रो भएको उनको भनाइ छ । सुनारको स्वास्थ्य अवस्थाका विषयमा घरपरिवारका सदस्य अहिले गम्भीर चिन्तामा छन् । 

सुनारलाई फिर्ता गर्न भनेर काडमाडौँमा पुगेका उनका दाइ तुल्बिर तनावमा भौँतारिरहेका छन् । निरक्षर भएकाले कहाँ के गर्ने भन्ने कुनै कुरा उनलाई थाहा छैन । उनी ऋण काढेर विदेश पठाइएका भाइलाई स्वदेश फिर्ता गर्ने ऋण पाउन गाह्रो भएको दुःख पोख्छन् ।

‘भाइलाई म्यानपावरले फिर्ता गरिदिने भनेपछि काठमाडौं आइयो तर भाइ आउने अत्तोपत्तो छैन’, उनले भने । म्यानपावरका अनुसार दुई पटक ल्याउन भनेर टिकट पठाइएको तर भाइ आउन नमानेको उनको भनाइ छ । 

भाइ नेपाल आउँछ कि भन्ने आशामा आइतबारसम्म काठमाडौंमा बस्ने उनले बताएका छन् । जस्मिन ओभरसिज प्रालिका प्रमुख नवराज भट्टले फोनमा कुरा गर्दै मलेसियाको रोयका इलोक्ट्रोनिक्स कम्पनीसँग तीन वर्षको सम्झौतामा मानसिङ र अमृत सुनारलाई पठाइएको जनाए । ‘पठाएको दिनबाटै मानसिङको सन्तुलन गुम्यो र कम्पनीले १५ दिनजति उपचार गर्दा १० हजार रिंगेट (करिब नेपाली रु तीन लाख) खर्च भएको छ’, उनले भने ।

सुनारका दाइ तुल्बिरले भाइलाई नेपाल फर्काइदिन गरेको आग्रहमा पहिलो पटक रु २५ हजार ८०० र दोस्रो पटक रु २४ हजार टिकट पठाउँदा पनि प्लेन चढाउन नसकिएकाले उनलाई नेपाल ल्याउन नसकिएको सो कम्पनीका प्रमुख भट्टले बताए ।

उनले अहिलेसम्म सुनारका लागि रु तीन लाख ५० हजार खर्च भइसकेको र अब केही गर्न नसक्ने बताएका छन् ।

पीडित परिवारले भने सुनारलाई नेपाल ल्याइदिन र उनको जीवन बचाइदिन भन्दै सरकारसँग सहयोग याचनाका लागि सञ्चारमाध्यमलाई आवाज बन्दिन अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह