कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक ..."/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लेबनानसँग पनि श्रम सम्झौता !

२०७४, ८ कार्तिक बुधबार ०३:४०

कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक अब लेवनानसँग श्रम सम्झौताको लागि पहल थाल्ने भएको छ । नेपालले यस अघि कतार र जोर्डनसँग श्रम सम्झौता गरिसकेको छ । 

इजिप्टस्थित नेपाली दूतावासले लेबनानसँग श्रम सम्झौता गर्न पहल सुरु गरको हो । लेबनानका लागि गैरआवासीय राजदूत झवीन्द्र अर्यालले त्यहाँका राष्ट्रपति माइकल औनसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा श्रम सम्झौताको प्रक्रिया अघि बढाउने पहल गरका हुन् । अर्याल इजिप्टस्थित नेपाली राजदूत हुन्।

लेवनानसँगको श्रम सम्झौतापछी त्यहाँ जाने नेपाली कामदारलाई ठुलो राहत मिल्ने अधिकारीहरुको विश्वास रहेको छ । श्रम सम्झौतासँगै बिदामा घर आउने नेपालीहरुले समेत उक्त देशमा काममा फर्कन सक्ने तथा तोकिएको सेवा सुबिधा तथा सुरक्षा लगायतको बिषयमा कामदारहरुलाई राहत मिल्नेछ । त्यहाँको दुतावासका अनुसार अवैध भएर घर फर्किन नसकेका केही नेपाली नागरिकको फिर्ता प्रक्रिया र वैध रूपमा काम गरिरहेकाको हकमा पुनः त्यहाँ गएर काम गर्न पाउने व्यवस्था मिलाउने कार्य अघि बढाउन लागिएको छ । 

लेबनानमा नेपाली महिलाहरू घरायसी काममा छन् भने युवकहरू विभिन्न कम्पनीमा कार्यरत छन । त्यहाँ १२ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । नेपालले लेवनानसँग श्रम सम्झौताको लागि पहल गरेको कुरामा त्यहाँका अधिकारीहरु समेत सकारात्मक देखिएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने