कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक ..."/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लेबनानसँग पनि श्रम सम्झौता !

८ कार्तिक २०७४, बुधबार ०३:४०

कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक अब लेवनानसँग श्रम सम्झौताको लागि पहल थाल्ने भएको छ । नेपालले यस अघि कतार र जोर्डनसँग श्रम सम्झौता गरिसकेको छ । 

इजिप्टस्थित नेपाली दूतावासले लेबनानसँग श्रम सम्झौता गर्न पहल सुरु गरको हो । लेबनानका लागि गैरआवासीय राजदूत झवीन्द्र अर्यालले त्यहाँका राष्ट्रपति माइकल औनसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा श्रम सम्झौताको प्रक्रिया अघि बढाउने पहल गरका हुन् । अर्याल इजिप्टस्थित नेपाली राजदूत हुन्।

लेवनानसँगको श्रम सम्झौतापछी त्यहाँ जाने नेपाली कामदारलाई ठुलो राहत मिल्ने अधिकारीहरुको विश्वास रहेको छ । श्रम सम्झौतासँगै बिदामा घर आउने नेपालीहरुले समेत उक्त देशमा काममा फर्कन सक्ने तथा तोकिएको सेवा सुबिधा तथा सुरक्षा लगायतको बिषयमा कामदारहरुलाई राहत मिल्नेछ । त्यहाँको दुतावासका अनुसार अवैध भएर घर फर्किन नसकेका केही नेपाली नागरिकको फिर्ता प्रक्रिया र वैध रूपमा काम गरिरहेकाको हकमा पुनः त्यहाँ गएर काम गर्न पाउने व्यवस्था मिलाउने कार्य अघि बढाउन लागिएको छ । 

लेबनानमा नेपाली महिलाहरू घरायसी काममा छन् भने युवकहरू विभिन्न कम्पनीमा कार्यरत छन । त्यहाँ १२ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । नेपालले लेवनानसँग श्रम सम्झौताको लागि पहल गरेको कुरामा त्यहाँका अधिकारीहरु समेत सकारात्मक देखिएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए