१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा बेथिति आउनुमा मुख्य दोषी को हो ?

१४ कार्तिक २०७४, मंगलवार १२:५९

अभिषेक राना | म्यानपावर ब्यावसायीहरूनै मुख्य दोषी हुन्, तर यसो भन्दै गर्दा सरकारले बिभिन्न बहाना बनाएर मेनपावरलाइ कारवाही गर्न मिल्दैन र कार्वाही गरेर मात्र समस्या समाधान हुन सक्दैन, किन हुदैन यसका बुँदा तल प्रश्तुत गरेको छु ।

१. तात्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गरुङले सुन्य लागत भनेर हचुवाको भरमा एकतर्फी रुपमा लागु भएको घोषणा मात्रै गरेनन् उनले बदनियतपुर्ण तरिकाले बायोमेट्रिक, भिएलएन जस्ता कामदारलाई प्रत्यक्ष भार पर्ने संस्था भित्र्याउने काम समेत गरे ।

२. चलखेल र दबाब कै बिचमा सयौं नया मेनपावरलाइ लाइसेन्स दिने काम भयो, जसले गर्दा मागको लागी अस्वस्थ प्रतिस्प्रधा भइरहेको छ, भएका संस्थालाइ त अनुशासित गर्न नसकेको अवस्थामा नयाँ लाइसेन्स दिनु भनेको सरकारको ठूलो कमजोरी हो ।

३. बिचौलिया संस्थाहरु जस्तै VLN, OSC, ISC, BIOMETIRC, MIGRAMS जस्ता अनावश्यक संस्थाहरूले प्रतिकामदार १८ हजार र यि सबै प्रक्रिया पुरा गर्दा लाग्ने यातायात, खान/बस्न न्युनतम १५ हजार भन्दा धेरै खर्च हुने गरेको छ, उक्त रकम म्यानपावर ब्यावसायीको हातमा नपरेपनि कामदारको नजरमा ब्यावसायीले नै लिएको भन्ने धारणा छ । 

४. सरकारलाइ यदी मेनपावर ब्यावसायीहरुले कामदारहरूबाट चर्को मुल्य लिएको जानकारी छ भने एउटा दुइटा संस्थालाइ कार्वाही गरेर जनताको नजरमा राम्रो गरेको देखाउनु भन्दा केहि समयको लागी पुरै कामदार नै पठाउन रोक लगाएर आवश्यक गृहकार्य गर्नुको सट्टा ब्यावसायीलाइ त्रसित बनाउने काम मात्रै गरेको छ ।

५. हरेक क्षेत्रमा राम्रा र नराम्रा ब्यावसायी हुन्छन् नै, तर यस क्षेत्रमा सबै ब्यावसायीलाई चोर देख्ने परिपाटिले झन समस्या जटिल बन्दै गइरहेको छ ।

मानौं या नमानौ अहिले बैदेशिक रोजगार ब्यावसाय नभई देश चल्ने अवस्था छैन, त्यसैले यो ब्यावसायमा भएका कमजोरीहरु, ब्यावसायीले जानेर या नजानेर गरेका गल्तिहरुको जडसम्म पुगेर त्यसलाइ समाधान गर्नु जरुरी छ । जसको लागी ब्यावसायीहरु पनि इमानदार भएर अगाडी बढ्नु जरुरी छ । त्यस्तै नचाहिदा बिचौलियाहरुको बिगबगि हटाउने काम पनी सरकारले गर्नु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए