२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जान एयरपोर्टभित्र यस्तो धन्दा, पुरुष भए ६० हजार, महिला भए १ लाख २० हजार

१७ कार्तिक २०७४, शुक्रबार ११:२०


अनिल अधिकारी | कात्तिक १७, काठमाडौँ | नेपालको एक मात्र अन्तराष्ट्रिय बिमान स्थल त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलभित्र कति राम्रा कर्मचारी होलान् ? पक्कैपनि देशविदेशका राम्रा -राम्रा मान्छेदेखि तस्करसम्मको आउजाउ हुने स्थानमा बस्ने कर्मचारी राम्रो त हुनुपर्ने हो तर त्यस्तो स्थिति छैन । किनभने कहिले एएरपोर्टबाटै सामान गायब पार्ने, कहिले सुन तस्करको लागि समेत सेटिङको काम गर्ने त कहिले बिभिन्न बहानामा यात्रुहरुलाई दु:ख दिने गरेको पाइन्छ । 

बिमानस्थलमा खटिने कर्मचारीहरु कतिसम्म राम्रा छन् भन्ने कुरा यस अघि एक जना महिला माथि बिमान स्थलका कर्मचारीले यौन प्रस्तावसम्म राखेको कुराको प्रमाण सहितको खुलाशा भएकोले पनि प्रमाणित गर्छ । त्यसैमा हामीले जोडेका छौं एयरपोर्ट सेटिङ्ग ।

के हो एयरपोर्ट सेटिङ्ग ? 

नेपालमा संचालित अधिकांश म्यानपावरले उठाउने कुरा हो, एयरपोर्ट सेटिङ्ग । म्यानपावरहरुले विदेश जाने कामदारसँग कुनै कागजात नमिले वा कुनै कारण परेर एयरपोर्टबाटै फर्कनसक्ने भएमा यस्तो खालको सेटिङ्ग गर्ने गरेको पाईएको छ । एक जना म्यानपावरका प्रमुखले एयरपोर्ट सेटिङ्गको लागि बिभिन्न माध्यममार्फत बिमानस्थलमा खटिएको कर्मचारीलाई पैसा बुझाउनुपर्ने खुलाए । उनका अनुसार एएरपोर्ट सेटिङ्ग जो-पायो त्यसको माध्यमबाट हुँदैन । त्यसको लागि पेसागत रुपमै सक्रिय भएकाहरुले गर्ने गरेका छन् । 'यस्तो काममा प्राय ट्राभल एजेन्सीको हात हुन्छ' उनले भने । बिमानस्थलमा खटिएका केहि कर्मचारीहरुले आफुले निकै निकटबाट चिनेको र आफु सुरक्षित हुने बाटोबाट यस्तो सेटिङ्ग गर्ने गरेका छन् । 

विदेश जानेबाट एएरपोर्ट सेटिङ्गको लागि भन्दै म्यानपावरले लिने पैसा मध्ये केहि प्रतिशत म्यानपावरले राख्ने, त्यसैमा केहि पैसा दलालले लिने र सबैभन्दा बढी पैसा बिमानस्थलभित्र सेटिङ मिलाउनेले खाने गर्छ ।' – उनले भने ।  

सम्बन्धित निकाय – तै चुप-मै चुप ! 

एएरपोर्टमा सेटिङ्ग हुने कुरा नेपाल सरकार तथा यस सम्बन्धि नियमन निकायलाई थाहा छ, यो आजको नयाँ समस्या नभई पुरानै समस्याको निरन्तरता हो । तर सरकारी निकाय बेखबर छन् वा थाहा पाएर पनि तै चुप-मै चुपको स्थितिमा छन् । जसको कारण समस्या ज्युकात्यु छ । 

कानुनमा निशुल्क बैदेशिक रोजगारी भन्ने अनि आफै खान पल्केका कर्मचारीहरुको कारण बैदेशिक रोजगार बिभागले कुनै कडाई गर्न सकेको छैन । यसमा विदेश जाने बाहेक सबैलाई फाइदा छ । जसको कारण बैदेशिक रोजगारीमा जानेहरुले चर्को शुल्क तिर्न परेको अवस्था छ । 

बैदेशिक रोजगारी अन्तर्गत बेथिति रोक्नको लागि बिमान स्थलमा मात्र पनि कडाई गर्न सक्ने हो भने ४० प्रतिशतभन्दा बढी समस्याको अन्त्य हुन सक्छ तर आफै भ्रष्ट बन्दा सेटिङ्गको नाममा व्यक्ति मोटाउने र बिमानस्थल बदनाम भईरहेको छ । बिमानस्थलमा सेटिङ मिलाउनेले सुन, लागु औषधि, अबैध रुपमा नेपाली चेलीहरु समेत सजिलै पार लगाउन सकेका छन् । यस बिषयमा कुनै खानतलासी लिईदैन । त्यसो त बिमान स्थलमा श्रम गरेर काम गर्न गएकाहरुलाई समेत छुट्टिबाट फर्कदा पनि कम्पनीको एग्रिमेन्ट माग्ने, कहिले पासपोर्ट मिलेन भन्ने त कहिले तलबी कागज देखाउन भन्ने गरिन्छ । तर यी सबै केका लागि गरिन्छ भन्दा, पैसाको लागि । किनकी नमिल्ने कुरा पैसा दिएर पनि मिल्दैन, तर पैसा दिएपछी उनीहरुलाई कागजी कुराको कुनै परवाह हुँदैन । बिमानस्थलमा सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेईज्यती प्रश्नको सामना गर्नुपर्ने समस्या पनि छ । 

६० हजारदेखि १ लाख २० हजारसम्मको सेटिङ्ग  

यदी नेपालबाट विदेस जाँदा भिजिट भिषामा जानुपर्ने भएमा अधिकांशले एयरपोर्टमा सेटिङ मिलाउनुपर्ने हुन्छ । त्यसको रेट पुरुष भएमा ६० हजारसम्म र महिलालाई छिराउन परे १ लाख २० हजारसम्म लिने गरिन्छ । व्यक्तिगत श्रम गर्दा केहि कुरा मिलेन भने त्यो कुरा सिधै एएरपोर्ट सेटिङ्गबाट मिलाउन सकिन्छ भन्ने कुरा म्यानपावर, ट्राभल एजेंसो तथा त्यस सम्बन्धी काम गर्ने दलालहरुले खुलम् खुल्ला भन्ने गरेका छन् । हुनपनि हो,  एएरपोर्ट सेटिङ्गका लागि छुट्टै पैसा बुझाएर ढुक्कले बस्नेहरुलाई विदेश जाने क्रममा एएरपोर्टमा कुनै तनाब हुँदैन बरु सेटिङ्ग नगर्नेहरु एएरपोर्टबाटै फर्कन बाध्य हुन्छन् । 

यस बिषयमा एक म्यानपावर स्रोतले बताए अनुसार कुनै काम नमिलेर वा कागजी प्रक्रिया नपुगेर विदेश जानबाट कुनैपनि व्यक्ति बन्चित हुने अवस्थामा सेटिङ्गलाई महत्व दिइन्छ । हरेक म्यानपावरसँग त्यसको लागि सम्पर्क माध्यम हुन्छ र उसलाई विदेश जाने व्यक्तिको विवरण बुझाएपछी सबै काम मिल्छ ।

प्राय म्यानपावरले एयरपोर्ट सेटिङ्गको बिषयमा कुराहरु खोल्न खोज्दैनन् किनकी सबैलाई यो आवश्यक हुन्छ । त्यसो त आफुलाई चाहिने कुरा मिडियाले लेखोस् अनि रोजीरोटी बन्द होस् भन्ने कसले पो चाहेको हुन्छ र ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान