२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जान एयरपोर्टभित्र यस्तो धन्दा, पुरुष भए ६० हजार, महिला भए १ लाख २० हजार

२०७४, १७ कार्तिक शुक्रबार ११:२०


अनिल अधिकारी | कात्तिक १७, काठमाडौँ | नेपालको एक मात्र अन्तराष्ट्रिय बिमान स्थल त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलभित्र कति राम्रा कर्मचारी होलान् ? पक्कैपनि देशविदेशका राम्रा -राम्रा मान्छेदेखि तस्करसम्मको आउजाउ हुने स्थानमा बस्ने कर्मचारी राम्रो त हुनुपर्ने हो तर त्यस्तो स्थिति छैन । किनभने कहिले एएरपोर्टबाटै सामान गायब पार्ने, कहिले सुन तस्करको लागि समेत सेटिङको काम गर्ने त कहिले बिभिन्न बहानामा यात्रुहरुलाई दु:ख दिने गरेको पाइन्छ । 

बिमानस्थलमा खटिने कर्मचारीहरु कतिसम्म राम्रा छन् भन्ने कुरा यस अघि एक जना महिला माथि बिमान स्थलका कर्मचारीले यौन प्रस्तावसम्म राखेको कुराको प्रमाण सहितको खुलाशा भएकोले पनि प्रमाणित गर्छ । त्यसैमा हामीले जोडेका छौं एयरपोर्ट सेटिङ्ग ।

के हो एयरपोर्ट सेटिङ्ग ? 

नेपालमा संचालित अधिकांश म्यानपावरले उठाउने कुरा हो, एयरपोर्ट सेटिङ्ग । म्यानपावरहरुले विदेश जाने कामदारसँग कुनै कागजात नमिले वा कुनै कारण परेर एयरपोर्टबाटै फर्कनसक्ने भएमा यस्तो खालको सेटिङ्ग गर्ने गरेको पाईएको छ । एक जना म्यानपावरका प्रमुखले एयरपोर्ट सेटिङ्गको लागि बिभिन्न माध्यममार्फत बिमानस्थलमा खटिएको कर्मचारीलाई पैसा बुझाउनुपर्ने खुलाए । उनका अनुसार एएरपोर्ट सेटिङ्ग जो-पायो त्यसको माध्यमबाट हुँदैन । त्यसको लागि पेसागत रुपमै सक्रिय भएकाहरुले गर्ने गरेका छन् । 'यस्तो काममा प्राय ट्राभल एजेन्सीको हात हुन्छ' उनले भने । बिमानस्थलमा खटिएका केहि कर्मचारीहरुले आफुले निकै निकटबाट चिनेको र आफु सुरक्षित हुने बाटोबाट यस्तो सेटिङ्ग गर्ने गरेका छन् । 

विदेश जानेबाट एएरपोर्ट सेटिङ्गको लागि भन्दै म्यानपावरले लिने पैसा मध्ये केहि प्रतिशत म्यानपावरले राख्ने, त्यसैमा केहि पैसा दलालले लिने र सबैभन्दा बढी पैसा बिमानस्थलभित्र सेटिङ मिलाउनेले खाने गर्छ ।' – उनले भने ।  

सम्बन्धित निकाय – तै चुप-मै चुप ! 

एएरपोर्टमा सेटिङ्ग हुने कुरा नेपाल सरकार तथा यस सम्बन्धि नियमन निकायलाई थाहा छ, यो आजको नयाँ समस्या नभई पुरानै समस्याको निरन्तरता हो । तर सरकारी निकाय बेखबर छन् वा थाहा पाएर पनि तै चुप-मै चुपको स्थितिमा छन् । जसको कारण समस्या ज्युकात्यु छ । 

कानुनमा निशुल्क बैदेशिक रोजगारी भन्ने अनि आफै खान पल्केका कर्मचारीहरुको कारण बैदेशिक रोजगार बिभागले कुनै कडाई गर्न सकेको छैन । यसमा विदेश जाने बाहेक सबैलाई फाइदा छ । जसको कारण बैदेशिक रोजगारीमा जानेहरुले चर्को शुल्क तिर्न परेको अवस्था छ । 

बैदेशिक रोजगारी अन्तर्गत बेथिति रोक्नको लागि बिमान स्थलमा मात्र पनि कडाई गर्न सक्ने हो भने ४० प्रतिशतभन्दा बढी समस्याको अन्त्य हुन सक्छ तर आफै भ्रष्ट बन्दा सेटिङ्गको नाममा व्यक्ति मोटाउने र बिमानस्थल बदनाम भईरहेको छ । बिमानस्थलमा सेटिङ मिलाउनेले सुन, लागु औषधि, अबैध रुपमा नेपाली चेलीहरु समेत सजिलै पार लगाउन सकेका छन् । यस बिषयमा कुनै खानतलासी लिईदैन । त्यसो त बिमान स्थलमा श्रम गरेर काम गर्न गएकाहरुलाई समेत छुट्टिबाट फर्कदा पनि कम्पनीको एग्रिमेन्ट माग्ने, कहिले पासपोर्ट मिलेन भन्ने त कहिले तलबी कागज देखाउन भन्ने गरिन्छ । तर यी सबै केका लागि गरिन्छ भन्दा, पैसाको लागि । किनकी नमिल्ने कुरा पैसा दिएर पनि मिल्दैन, तर पैसा दिएपछी उनीहरुलाई कागजी कुराको कुनै परवाह हुँदैन । बिमानस्थलमा सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेईज्यती प्रश्नको सामना गर्नुपर्ने समस्या पनि छ । 

६० हजारदेखि १ लाख २० हजारसम्मको सेटिङ्ग  

यदी नेपालबाट विदेस जाँदा भिजिट भिषामा जानुपर्ने भएमा अधिकांशले एयरपोर्टमा सेटिङ मिलाउनुपर्ने हुन्छ । त्यसको रेट पुरुष भएमा ६० हजारसम्म र महिलालाई छिराउन परे १ लाख २० हजारसम्म लिने गरिन्छ । व्यक्तिगत श्रम गर्दा केहि कुरा मिलेन भने त्यो कुरा सिधै एएरपोर्ट सेटिङ्गबाट मिलाउन सकिन्छ भन्ने कुरा म्यानपावर, ट्राभल एजेंसो तथा त्यस सम्बन्धी काम गर्ने दलालहरुले खुलम् खुल्ला भन्ने गरेका छन् । हुनपनि हो,  एएरपोर्ट सेटिङ्गका लागि छुट्टै पैसा बुझाएर ढुक्कले बस्नेहरुलाई विदेश जाने क्रममा एएरपोर्टमा कुनै तनाब हुँदैन बरु सेटिङ्ग नगर्नेहरु एएरपोर्टबाटै फर्कन बाध्य हुन्छन् । 

यस बिषयमा एक म्यानपावर स्रोतले बताए अनुसार कुनै काम नमिलेर वा कागजी प्रक्रिया नपुगेर विदेश जानबाट कुनैपनि व्यक्ति बन्चित हुने अवस्थामा सेटिङ्गलाई महत्व दिइन्छ । हरेक म्यानपावरसँग त्यसको लागि सम्पर्क माध्यम हुन्छ र उसलाई विदेश जाने व्यक्तिको विवरण बुझाएपछी सबै काम मिल्छ ।

प्राय म्यानपावरले एयरपोर्ट सेटिङ्गको बिषयमा कुराहरु खोल्न खोज्दैनन् किनकी सबैलाई यो आवश्यक हुन्छ । त्यसो त आफुलाई चाहिने कुरा मिडियाले लेखोस् अनि रोजीरोटी बन्द होस् भन्ने कसले पो चाहेको हुन्छ र ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण