२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रोजगारीमा गएकाहरुले के गर्ने के नगर्ने ? (अत्यावश्यक जानकारी)

२०७४, ८ मंसिर शुक्रबार १५:००

टिप्स । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । कमाएर परिवारको आर्थिक अवस्था सुधार्न विदेशिएका नेपालीले परदेशमा सास्ति खेप्नु परेको छ । कतारको रोजगारीमा रहेका नेपालीले यी कुरा बिचार गरे त्यस्ता समस्याबाट जोगिन सकिन्छ । 

गर्नु पर्ने 

– दिएको जिम्बवारी लगनसिल, मेहनेत एवम् इमान्दारिताकासाथ पुरा गर्नुहोस् । 

– कतारी नियम कानुनको सदैब पालना गर्नुहोस् । 


– राहदानी तथा आवासीय अनुमतिपत्रको म्याद सकिनु पहिलेनै नयाँ राहदानी र आवासीय अनुमति पत्र लिनुहोस् । 

– अरविक र अंग्रेजि भाषाको राम्रो जानकारी राख्नुहोस् । 

– आफ्नो राहदानी, आवासीय अनुमतिपत्र, कतारी परिचय पत्र , बैंक कार्ड आदिको एक एक प्रति फोटोकपी गरेर सुरक्षित राख्नुहोला, बिनाकारण त्यस्ता कागजात कसैलाई नदिनु होला ।

– तलब नपाएमा वा परिचय पत्र नलगाइदिएमा वा नबिकरण नगरिदिएको खण्डमा एवम् काम र तलब फरक परेको लागयत आदि समस्या आइ परेमा नम्रता   र सिष्टता पुर्बक आफु भन्दा माथि आफ्नो सुपरभाइजर समक्ष आफ्नो समस्या राख्ने, त्यसपछि पनि समस्या समाधान नभएको खण्डमा नेपाली दुताबास र कतार सरकारका सम्बन्धित निकयमा शिग्र सम्पर्क गर्नुहोस् । 

–    आफू कार्यरत कम्पनी, संस्था वा घरमालिक अरु कसैले करारपत्र लागयत कुनैपनि कागजातमा सहि गर्न भनेमा राम्रो सँग पढेर मात्र सहि गर्नुहोस् । 

–    बाटो काट्दा ट्राफिक नियम पालना गर्नुहोस् र हतार नगरि जेब्रा क्रसिंग बाट मात्र बाटो काट्नुहोस् । 

–    अन्य बक्तिहरुसँग लेनदेन (आर्थिक कारोबार) गर्दा अनिवार्य रुपमा भर्पाइ लिई प्रमाणका लागि सुरक्षित राख्नुहोस् । 

–    उपुयुक्त खानपिन, पहिरन, आफ्नो स्वास्थ्य तथा सुरक्षा जस्ता बिषयमा ध्यान दिनुहोस् साथै प्रर्याप्त पानि वा झोल पदार्थ पिउनुहोस् । 

–    नेपालमा रहेका आफन्तसँग सम्पर्कमा रही आफ्नो अवस्थाका बारेमा नियमित वा दैनिक जानकारी गर्ने गराउने काम गर्नुहोस् । 

–    आफूले आर्जन गरेको रकम समुचित सदुपयोगका लागि बैधानिक बाटो मार्फत नेपाल पठाउनुहोस् । 

गर्न नहुने कार्यहरु 

–    कतारको कानुन, धर्म परम्परा र सस्कृति बिपरित कुनैपनि कार्यहरु नगर्नुहोला । 

–    लागुपदार्थ तथा प्रतिबन्धित औषधिहरुको ओसार पसार सेवन तथा बेचबिखन नगर्नुहोस् । 


–    कुनैपनि प्रकारका हातहतियार लिएर नहिड्नुहोला । 

–    कम्पनीको स्वीकृतिबिना काम कार्यस्थल र बासस्थान नछाड्नुहोला । 

– आर्थिक प्रलोभनमा परेर कार्यरत कम्पनीबाट नभाग्नु होला, असम्बन्धित कार्यस्थलमा गैरकानुनी रुपमा काम नगर्नुहोस्, साथै अन्य नेपालीहरुलाई यस्ता कार्यहरु गर्न पे्ररित नगर्नुहोला । 

–    कुनैपनि बहानामा कसैको उक्साहटमा कुनै पनि हालतमा काम बन्द तथा हड्ताल नगर्नु होस् । 

–    नेपाली नागरिक तथा विदेशीहरुसँग अनावश्यक जमघट, छलफल, विवाद झगडा होहल्ला  कुटपिट आदि जस्ता कार्यहरु नगर्नुहोस् । 

–    सुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेन देन नगर्नुहोस् । 

–    ठगी चोरी तथा महिला माथि दुरव्यवहार जस्ता नैतिक आचरण बिपरित कुनै पनि कार्यहरु नगर्नुहोस् । 

–    मदिरा सेबन गरि, सवारी चालक अनुमति पत्र बिना तथा सवारीको रोड पर्मिट बिना सवारी साधन नचलाउनुहोस् । 

–    मदिरा उत्पादन, सेवन तथा बेचविखनका काम नगर्नुहोस् । 

–    अन्य व्यक्तिका सिभिल आइडी बैंक कार्ड फेला परेमा दूरुपयोग नगर्नुहोस् । 

–    रम्जानको समयमा निषेधित समयमा खानेकुरा खुल्ला रुपमा नखानुहोस् ।  

–    अत्याधिक काम गरेपश्चात धेरै चिसो नखानुस् र बढी चिसोमा नबस्नुहोस् । 

–    गैरकानुनी रुपमा महिला एवम् पुरुषसँग सँगै बसोबास नगर्नुहोस् । 

–    फेसबूक, ट्वीटर, युटुब आदिजस्ता सामाजिक तथा विधुतिय संचार माध्यमहरुको दुरुपयोग नगर्नुहोस् । 

–    नेपाल र कतारबीचको सम्बन्धमा आँच आउने वा प्रतिकुल असर पर्ने कुनैपनि गतिबधि नगर्नुहोस् ।      

यसो गरेमा तपाईंको कतार बसाई सुखद हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते