२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

२०७४, ११ मंसिर सोमबार १४:५५

काठमाडौं । प्राय जसो नेपालीहरुले विदेशबाट फर्कंदा मोबाइलहरु ल्याउने गरेका छन् । रोजगारीको लागि बिदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् ।

परिवारका सदस्य र साथीभाइको आग्रह मान्ने हो भने नेपाल र्फकदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल लिएर आउनुपर्छ । कतिपयले भने व्यापार गर्ने लक्ष्यसमेत राखेर मोबाइल ल्याउँछन् ।

तर, उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् ।


झिटीगुन्डा सम्बन्धि ऐन नियमले विदेशबाट नेपाल र्फकनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

त्यस बाहेकको हकमा भने विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्नेछ । विदेशबाट नेपाल र्फकने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ । त्यस्तै अस्वभाविक रुपमा व्यापार गर्नकै लागि मोबाइल ल्याउनहरुको मोबाइल भने जफत गर्दै कारबाही हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते