१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वालालाम्पुर विमानस्थलबाट फर्काइए १२ नेपाली, यस्तो रहेछ कारण

१२ मंसिर २०७४, मंगलवार ०२:१४

मंसिर १२, काठमाडौं | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । 

मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो ।

उनीहरु काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए ।

यसरी फर्काइएकामा अधिकांश मधेसका छन् । उनीहरुले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए ।

म्यानपावर कम्पनीका सञ्चालकमध्येका एक नरेश गेलालले कम्पनीले आवश्यक कागजात क्लियर गर्न नसकेका कारण कामदार फर्किनु परेको बताए । उनले कामदारलाई काठमाडौं कै होटलमा राखिने र कम्पनीले आवश्यक कागजात तयार गरेपछि फेरि मलेसिया पठाइने दावी गरे । 

- कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण