२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागका महानिर्देशक घूसकाण्डमा पक्राउ परेपछि…

२०७४, १४ मंसिर बिहीबार १२:४३

मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | बैदेशिक रोजगार विभाग महानिर्देशकविहीन बनेपछि विभागको नियमित कामकारवाही गर्न समस्या भएको विभागले जनाएको छ । महानिर्देशकविहीन बनेपछि बैदेशिक रोजगार विभाग दैनिक प्रशासनिक काममा मात्र सीमित भएको छ ।

महानिर्देशक तोक्ने जिम्मेवारी पाएका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर चुनावी कार्यक्रममा बारा जिल्लामा व्यस्त बन्दा वैदेशिक रोजगार विभागको महानिर्देशक तोक्ने काम समेत भएको छैन् । 

विभागले गर्ने नियमित प्रशासनिक काम बाहेक म्यानपावर कम्पनीको लाइसेन्स रोक्का तथा फुकुवा गर्ने र अनुगमन तथा मुद्धा हेर्ने काम रोकिएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो । अवकाश पाउन एक साता बाँकी रहँदा कात्तिक २९ गते  वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घूसकाण्डमा अख्तियारले पक्राउ गरेका थियो । 


कात्तिक २८ गते मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पनि पक्राउ गरेपछि विभाग महानिर्देशक विहीन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते