२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा ठगी, ४ महिनामै ३२ करोड ७७ लाखको मागदावी

२०७४, १४ मंसिर बिहीबार १२:५५

मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | सरकारले बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा पछिल्लो समय ठगीका घटना वृद्धि हुँदै गएको छ । 

सरकारले लागू गरेको निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था कार्यन्वयन हुन नसक्दा ठगीका घटना वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष ०७४/७५ को पहिलो चार महिनामा मात्रै विभागमा व्यक्तिगत तथा संस्थागत गरी कुल ७ सय ९४ उजुरी दर्ता भएका छन् । 

व्यक्तिगततर्फ ४ सय ५ र संस्थागततर्फ ३ सय ८९ उजुरी दर्ता भएको बैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा दर्ता भएका उजुरीमध्ये व्यक्तिगत तर्फ ७५ र संस्थागत ३ सय ९७ उजुरीको छानविन गरि फच्र्यौट गरिएको विभागको तथ्याङ्क छ ।


 कुल ७ सय ९४ उजुरीमा ३२ करोड ७७ लाख २१ हजार ३ सय ९ रुपैँया मागदावी गरिएकोमा विभागले ७ करोड ७५ लाख ९५ हजार २ सय ४३ रुपैँया पीडकबाट विगो भराएको विभागका निर्देशक एवं सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । ११ करोड ५५ लाख १७ हजार ६ सय रुपैँया विगो दावी सहित व्यक्तिगत तर्फका ९१ वटा मुद्धा अदालतमा दायर गरिएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो । 

बैदेशिक रोजगार विभागले नियमन गर्न नसक्दा कामदारलाई विभिन्न प्रलोभन देखाएर ठग्ने क्रम वृद्धि हुँदै गएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण