२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार रवि लामिछानेको टिम किन जाँदैछ युएई ?

२०७४, १५ मंसिर शुक्रबार ०२:२६

मङ्सिर १५, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन सो 'सिधा कुरा जनतासँग' को पुरै टिम युएई जाने भएको छ | पछिल्लो इपिसोडमा दलाहरुलाई दलालनै भन्नुपर्ने भन्दै आक्रोश पोखेका रविले अदालतमै दलालको बिगबिगी रहेको भन्दै  नेपालकै कानुनीराज माथि प्रश्नवाचक चिन्ह खडा गरिदिएका छन् | 

लामीछानेले अदालतका वरपर कालो कोट लगाएका र कालो मन भएकाहरुले न्याधिसकै अगाडी करोडौंको डिल गर्ने गरेको खुलाशा पनि गरे | 

यसैबीच सिधा कुरा जनतासँगको टिम आज युएई जाने जनाएको छ | अघिल्लो कार्यक्रममा उठाएको बिषयलाई फलोअप गर्न सिधा कुरा जनतासँगको टिम युएई जाने भएको हो |

युएईमा बलात्कृत भएकी गोरखा आरुघाट २ कि अष्टमी गुरुङ्गलाई न्याय दिन भन्दै टेलिभिजन टिमले युएईबाट नेपालको लागि राजदुतलाई समेत भेटेर परामर्श गरेको छ | परामर्श पछी राजदुतले समेत घटनामा चासो देखाएका छन् | यस्तै यस घटनामा टेलिभिजन टिमलाई सहयोग गर्न युएईबाट एनआरएन अध्यक्ष रमेश श्रेष्टको समेत सहयोग रहेको रवि लामिछानेले जनाएका छन् | 

युएईमा नेपाली चेली अष्टमीलाई साइमन काजी नाम गरेका व्यक्तिले बलात्कार पछी हत्या गरेको आशंका गरिएको छ | बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो सार्वजनिक भएको थियो । अष्टमीको भिडियो अनुसार उक्त कम्पनीमा कार्यरत आरोपी सुपरभाइजारहरूलाई युएईबाट बाहिर जान नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनको सहयोगमा कम्पनीमा खबर गरिएको छ | 

नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिनपछि नेपाल ल्याई अन्तिम संस्कार गरिसकिएको छ । तर, उनले प्रयोग गर्ने मोवाइमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो न्युज-२४ मा प्रसारण भएको थियो ।

हेर्नुहोस् यस बिषयमा संचालित कार्यक्रम 'सिधा कुरा जनतासँग'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते