२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ

२०७४, १८ मंसिर सोमबार ०४:४७

मङ्सिर १८, काठमाडौँ | युएईम नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।

केहि समय अघि मृत्यु भएकी अष्टमीको मोबाइलमा भिडियो भेटिएको थियो । भिडियो अनुसार साइमनले अष्टमीलाई बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको थियो । सोहि भिडियोको आधारमा साइमन घटनामा मुछिएका थिए । भिडियो नेपालको एक टेलीभिजनबाट प्रसारण भएपछी अन्तराष्ट्रिय रुपमै यस बिषयले चर्चा पाएको थियो । 


अरेवियन गल्फ क्लिनिङ कम्पनी कम्पनीका नेपालीहरुले दिएको जानकारी अनुसार शनिबार साइमनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य तीन नेपालीलाई पनि सोधपुछका लागि लगेको र केहि समयपछी छाडेको बताइएको छ ।

नेपालको लागि युएईमा राजदुताबासका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलाई बुझाइए जनाएका छन् । 

त्यसो त यही घटना प्रकरणलाई निकै चासोको साथ हेरिरहेको न्युज-24 टेलिभिजनका पत्रकार रवि लामीछाने तथा उनको टिम अहिले युएईमा छन् । पत्रकार लामीछानेले आज बेलुका त्यहाँ स्थित नेपाली राजदुतावासमा आफुलाई भेट्न सक्ने भन्दै आइतवार फेसबुक लाइभ गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते