२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब युएई र साउदी अरबमा कामदारले मासिक कर तिर्नुपर्ने, सामानहरु ५% भन्दा बढी महंगीने

२०७४, १२ पुष बुधबार १२:३९

पुस १२, काठमाडौँ | १ जनवरी २०१८ देखि मलेसियामा कामदारले तिर्नुपर्ने लेवी हटाएपछी त्यहा जाने कामदार खुसि छन् । तर यता नेपाली श्रम गन्तब्य मध्ये सबैभन्दा आकर्षक गन्तब्य युएई र साउदी अरवमा भने कामदारहरुले कर तिर्नुपर्ने भएको छ । 

साउदी अरब र युनाइटेड अरब एमिरेट्ससहित तेलबाट समृद्ध खाडी देश विश्वभरमै 'ट्याक्स फ्री ' का लागि प्रख्यात देश हो । तेलकै कारण यहाँ कामदारहरुले कर तिर्नुपर्दैन थियो । तर अब भने कमाई भएको निश्चित रकम सरकारलाई तिर्नुपर्ने भएपछी तलब काटिने निश्चित भएको छ । कमाइको कर तिर्नुपर्ने भएपछी यी दुई देशमा गएका नेपाली कामदारहरु समेत प्रभावित हुने भएका छन् ।


तेल ब्यापारमा ह्रास आएपछी देशको अर्थतन्त्र धान्न साउदी अरब र युएईले १ जनवरी २०१८ देखि 'भ्यालु एडेड ट्याक्स' प्रणालीको सुरुवात गर्ने भएका हुन् । दुवै देश गल्फ कोपरेसन काउन्सिलका सदस्य हुन् जसले भ्याट लागू गर्न पहल गरेका छन् । गल्फ कोपरेसन काउन्सिलका अन्य सदस्यमा कुवेत, बहराइन, ओमान र कतार पनि सामेल छन् । 

'भ्यालु एडेड ट्याक्स' प्रणाली लागु भएलगत्तै यी दुबई देशमा अब खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक ग्यासोलिन, फोन, बिजुली र पानी आपूर्तिमा समेत ट्याक्स लाग्नेछ । यसरी अधिकांश सामानमा ट्याक्स लाग्दा यहाँ अहिले पाइने सामान अब कम्तिमा पनि ५ प्रतिशत महँगो हुने अनुमान छ ।

अब यो नियमबाट साउदीमा ५ लाख र यूएईमा ३ लाख १३ हजार नेपालीलाई प्रभाव पर्ने भएका छन् । कामदारलाई ट्याक्स लाग्ने भएपछी नेपाली कामदार पनि स्वत: ट्याक्सको दायरामा पर्छन । दैनिक उपभोग्य सामान र तलबमै ट्याक्स लाग्ने भएपछी उनीहरुले नेपाल पठाउने मासिक रेमिट्यान्समा समेत प्रभाव पर्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण