२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको महंगी र नाकाबन्दिको चपेटामा नेपाली

२०७४, १२ पुष बुधबार १३:५२

पुस १२, कतार । करिव ६ महिना अघि कतारमा सुरु भएको नाकाबन्दीको असर देखिन थालेको छ । कतार सरकारले कतारमा नाकाबन्दिको असर हटाउन हरमजबुर प्रयास गरेपनि आयातित सामान सस्तो मूल्यमा दिन सकेको छैन । नाकाबन्दी अघि सिधै युयी तथा साउदी अरबबाट आउने सामानहरु अहिले अन्य देशबाट हवाई मार्ग प्रयोग गरेर ल्याउनुपर्दा महँगो भएको छ । जसको कारण महँगो सामान किन्न नचाहने हुँदा ब्याबसायीहरु मारमा परेका छन् ।

नेपालीको ठुलो श्रम गन्तब्य मध्ये एक कतारमा नाकाबन्दी पछी महंगीको कारण पहिलेजस्तो सस्तो पाइन्न । देशमा उत्पादन हुने बाहेक बाहिरबाट आयात हुने सामग्रीहरुको भाउ महँगो छ । नाकाबन्दि पछी ताजा ताजा तरकारी तथा फलफूल समेत आयातमा असर परेको छ । 

महंगीको कारण सामान किन्न नसक्ने अवस्था हुँदाहुँदै पनि भनेजति समान किन नपाइने तथा पाईएपनि महँगो पर्दा समस्या छ । साउदी नेतृत्वमा कतारलाई नाकाबन्दी लगाइएकोले कतारमा नाकाबन्दीको समस्या थप जटिल बनेको छ । नेपालजस्तो भुपरिवेष्ठित राष्ट्र नभए पनि धेरै सामानमा साउदीसँग भर परेको कतारलाई जुनसुकै आयातित सामानमा अहिले समस्या परेको छ । नजिकबाट ल्याउँदा सस्तो हुनेथियो तर अहिले त्यो स्थिति छैन । 


महंगीको कारण आयात गर्नुपर्ने सामान पहिलेभन्दा ४/५ गुणा बढेको छ । बिशेषगरि कम मूल्यको सामानको मूल्यमा महंगी बढेको बताइएको छ । त्यसोत सामान्य कामदारको पहुँच रहेका साना पसलेहरुले मनलाग्दी ठगी गरिरहेका खबर पनि छ । कागती, आलु, ब्याज, गोलभेडाहरु वजारमा प्राय अभाब भईरहेका छन् । पहिले १ रियाल पर्ने आलुलाई अहिले ५ रियालसम्म तिर्नु परेको छ । ४ रियालमा पाउने गोलभेडा १० रियाल पर्छ, त्यसको कारण कतिपय नेपालीहरुले गोलभेडा समेत किन्न छाडेका छन्  ।


नाकाबन्दीको कारण रोजगारीमा गएका नेपालीहरुसमेत प्रभावित भएका छन् । धेरै कमाई हुनेहरुलाई खासै समस्या नभएपनि कम कमाई हुनेहरुको लागि महंगीले सताएको छ । 

नाकाबन्दीका कारण साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् । 

नाकाबन्दीको कारण हजारौ कामदारलाई रोजगार दिने बुम कन्ट्रक्सन, सिसिसि, सिडिसी, अल मन्नाई ट्रेडिङ, सप्तन टेडिङ एण्ड कन्टक्सन, अल रुवावी, कतार इन्फास्टकचर, लेस, अल्माराई लगायतका कम्पनीले पछि बोलाउने भन्दै कामदार फिर्ता पठाइरहेका छन् । कतिपय कम्पनीले अर्को कम्पनीमा काम गर्न पाउने गरी कामदार छाडिदिएका छन् ।

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी