२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा नाकाबन्दी पछी अत्यावश्यक खाद्यसामग्रीको बजारभाउ कति छ ?

२०७४, १४ पुष शुक्रबार ०६:३५

पुस १४, काठमाडौँ | ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपाली महंगी तथा रोजगारी नै खोसिनेसम्मको समस्यामा छन् । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमिसकेको छ भने अझै केहि कम्पनीहरुको स्थिति सुधार हुन सकेको छैन  ।

केहि कम्पनीमा काम गर्ने नेपालीहरुले समयमा तलब भुक्तानी नपाएर कामविहिन भएका छन् । 

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ । 

कतार सरकारले कतारमा नाकाबन्दिको असर हटाउन हरमजबुर प्रयास गरेपनि आयातित सामान सस्तो मूल्यमा दिन सकेको छैन । नाकाबन्दी अघि सिधै युएई तथा साउदी अरबबाट आउने सामानहरु अहिले अन्य देशबाट हवाई मार्ग प्रयोग गरेर ल्याउनुपर्दा महँगो भएको छ । जसको कारण महँगो सामान किन्न नचाहने हुँदा ब्याबसायीहरु मारमा परेका छन् ।

नेपालीको ठुलो श्रम गन्तब्य मध्ये एक कतारमा नाकाबन्दी पछी महंगीको कारण पहिलेजस्तो सस्तो पाइन्न । देशमा उत्पादन हुने बाहेक बाहिरबाट आयात हुने सामग्रीहरुको भाउ महँगो छ । नाकाबन्दि पछी ताजा ताजा तरकारी तथा फलफूल समेत आयातमा असर परेको छ । 

महंगीको कारण सामान किन्न नसक्ने अवस्था हुँदाहुँदै पनि भनेजति समान किन नपाइने तथा पाईएपनि महँगो पर्दा समस्या छ । साउदी नेतृत्वमा कतारलाई नाकाबन्दी लगाइएकोले कतारमा नाकाबन्दीको समस्या थप जटिल बनेको छ । नेपालजस्तो भुपरिवेष्ठित राष्ट्र नभए पनि धेरै सामानमा साउदीसँग भर परेको कतारलाई जुनसुकै आयातित सामानमा अहिले समस्या परेको छ । नजिकबाट ल्याउँदा सस्तो हुनेथियो तर अहिले त्यो स्थिति छैन । 

महंगीको कारण आयात गर्नुपर्ने केहि सामान पहिलेभन्दा ४/५ गुणा बढेको छ । बिशेषगरि कम मूल्यको सामानको मूल्यमा महंगी बढेको बताइएको छ । त्यसोत सामान्य कामदारको पहुँच रहेका साना पसलेहरुले मनलाग्दी ठगी गरिरहेका खबर पनि छ । कागती, आलु, ब्याज, गोलभेडाहरु वजारमा प्राय अभाब भईरहेका छन् । पहिले १ रियाल पर्ने आलुलाई अहिले ५ रियालसम्म तिर्नु परेको छ । ४ रियालमा पाउने गोलभेडा १० रियाल पर्छ, त्यसको कारण कतिपय नेपालीहरुले गोलभेडा समेत किन्न छाडेका छन्  ।


आज हामीले डिसेम्बर महिनाको अपडेट तथ्यांकलाई तल प्रस्तुत गरेका छौं  । कतारमा कुन सामानको भाउ कति छ भन्ने बारे यो सुची दिईएको छ । दिईएको सुची केहि दिन अघिको मात्र हो । यो सुची पुरै देशको मूल्यको औशत सुची भएकाले तपाइँले किन्ने बजार मूल्यमा केहि घटी-बढी वा बराबर हुन सक्छ । 

दुध (१ लिटर):  6.15QR

चामल (१ केजी):  6.67QR

अण्डा (१ दर्जन): 11.65QR

लोकल चिज (१ केजी): 24.67QR

कुखुराको मासु- छातीको भाग – हड्डी/छाला नभएको (१ केजी): 27.88QR 

स्याउ (१ केजी): 7.46QR

केरा (१ केजी): 5.93QR

सुन्तला (१ केजी): 5.41QR

टमाटर (१ केजी): 6.36QR

आलु (१ केजी): 4.83QR 

प्याज (१ केजी): 3.86QR

पानी (१.५ लिटरको बोत्तल): 1.87QR 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते