सास | डीएचएल, जसले एक ठाउँको सामान/चिट्ठी/पत्रहरु एक स्थानदेखि अर्को स्थानमा लैजाने सेवा प्रदान गर्ने गर्छ | युएईमा कामदारहरुको लागि सबैभन्दा राम्रो कम्पनीको रुपमा डीएचएललाई लिने गरिन्छ | कामदारका लागि तलब, काम गर्नको लागि सहज वातावरण, पद अनुसारको सेवा तथा सुबिधाहरु, कामदारको प्रतिक्रिया तथा चाहना अनुसारको काम गर्न पाइने जस्ता कारणले यो कम्पनी राम्रोको सुचिमा पहिलो नम्बरमा परेको हो |
कामदारको लागि सबैभन्दा रुचाइएको कम्पनी हुनु र बिभिन्न अध्ययनले समेत यो कम्पनी कामदारको लागि राम्रो देखिएको हो |
अर्को कुरा डीएचएल बिश्वव्यापी कम्पनी हो | डीएचएल संसारको प्राय सबै देशमा सेवा दिने क्षेमतामा छ | विश्वका २२० राष्ट्रमा स्थापना भएर आफ्नो काम गरिरहेको यो कम्पनी विश्वमै गन्यमान्य कम्पनी अन्तर्गत पर्छ, अर्को कुरा यो कम्पनीको आफ्नै अन्तराष्ट्रिय हवाई कार्गो सेवा समेत छ | विश्वमा यस कम्पनीको झन्डै साढे ३ लाख कामदार छन् | यसकाको DHL Express, DHL Parcel, DHL eCommerce, DHL Global Forwarding, DHL Freight र DHL Supply Chain जस्ता उपनाम पनि छन् | जो आवश्यकता अनुसार कतिपय देशमा संचालित छन् |
पछिल्लो बर्षको अध्ययन अनुसार कुनै पनि कम्पनीले कामदारलाई गर्ने व्यवहार, मुनाफा वितरण, कामदारलाई दिने उत्साह/सम्मान, सेवा/सुबिधा, निस्पक्षत़ा लगायत कुराहरुको आधारमा युएईमा रहेका बिभिन्न २० कम्पनिहरु कामदारहरुको लागि सबैभन्दा राम्रो मानिएका छन् | तलका कतिपय कम्पनीहरु बहुराष्ट्रिय कम्पनी पनि छन् |
1. DHL (logistics Company)
2. THE One (Retail Company)
3. Omnicom Media Group (media)
4. Splash (fashion)
5. The Estee Lauder Companies (health and beauty)
6. EMC (IT)
7. Weber Shandwick (communications)
8. Hilti Emirates (technology)
9. Hilton Worldwide (hospitality)
10. FedEx (logistics)
11. WSP | Parsons Brinckerhoff (engineering, professional services)
12. Hyatt (hospitality)
13. AstraZenea Gulf (pharmaceutical)
14. Al Ghandi Auto Group (automotive)
15. Leminar (industrial)
16. Dulsco (HR and industrial services)
17. Eros Group (technology)
18. Apparel Group (retail)
19. 3M (manufacturing)
20. UAE Exchange (finance)