२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

२०७४, २३ पुष आईतवार ०५:३४

अर्जुन बराल/पुस २३, दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको छ ।

सन् २०१८ को कुल ५६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यन्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित बाह्र मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गदै यसबर्ष बिभिन्न क्षेत्रमा आप्र्रबासी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको छ । 

कोरियाको आप्रबासी कामदार प्रबद्धन गर्ने समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रबाशी कामदार प्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने र नगरिएमा कृर्षि क्षेत्रको आप्रबासी कामदार कोटालार्ई अंकुश लगाउन सरकारलाई अनुरोध गरेको छ ।

सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३२२५ अबैधानिक आप्रबासी कामदार पक्राउ पश्चात स्वदेश फिर्ती कारण पनि सन् २०१८ मा आप्रबाशी कामदार संङख्या निर्र्धारणमा महत्वपूर्ण भुमिका रहेको र अबैधानिक आप्र्रबाशीलार्ई रोजगार उपलब्ध गराए बापत २९४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएका कारण अबको कोरियाको श्रमबजारमा श्रमसंङख्यामा तिब्रमात्रामा आप्र्रबाशी कामदारको माग रहने अनुमान छ ।

कोरियाको श्रम मन्त्रालयले जनाएअनुसार उत्पादनमुलक क्षेत्रका लागी कुल ४२३०० र कृषि क्षेत्रमा ६६०० आप्रबासी कामदारलार्ई जनवरी, अप्र्र्र्रील, जुलार्ई तथा अक्टुबर सम्ममा कार्यक्षेत्रमा आपूर्ति गरिनुका साथै कुल कोटाको साठ्ठी प्रतिशत जुन सम्ममा पुरा गरिने छ । 

कुल कोटा मध्ये मत्स्यपालनमा यसबर्ष २६००, निर्माण क्षेत्रमा २४०० लगाएत सेवा क्षेत्रमा १०० कोटा निर्र्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन, निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएका कारण यो क्षेत्रमा माग हुँने छैन । 

कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिवर्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारदाताले चाहेर आउँन र्ईच्छुक आप्रबाशी कामदारका हकमा गतबर्ष छुट्टै शिर्षकमा १३००० कोटा निर्धारण गरेपनि यसबर्ष कुल कोटाबाट नै कटौती गरि ल्याईने छ ।

यस बर्ष पनि दक्षिण कोरियाको आप्रबाशी कामदार कोटा सिमित भएको हुँदा सरकारले बैधानिक तरिकाले स्वदेश फिर्ती भएका आप्रबासी कामदारलाई पुनः कोरिया आउँनका लागि दिनुपर्ने कम्प्युटर बेसिक टेस्ट(सिबिटी) परिक्षा संचालन गराउँने सम्भाबना न्युन छ भने चीन तथा रुसबाट एच–२ भिषाबाट आउँन चाहने कामदारलाई अवसर प्रदान गरेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते