२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया सरकारले गर्यो कामदारका लागि यस्तो निर्णय, नेपालीलाई पनि राहत

२०७४, ३ माघ बुधबार ०८:५३

 माघ ३, काठमाडौं । मलेसिया सरकारले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थप गरेको छ । 

मलेसियामा अवैधानिक रूपमा बसोबास गरिरहेका कामदारहरूलाई घरफिर्तीका लागि मलेसियाले छ महिना समय थप गरेको हो । त्यसरी फर्कनको लागि यसअघि २०१७ डिसेम्बरको ३१ सम्मको समय दिइएको थियो । 

मलेसिया सरकारले उक्त समयलाई बढाएर आउँदो जुन ३० अर्थात असार १६ गतेसम्म पुर्याएको क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचिव प्रेमराज गौतमले  जानकारी दिए । उक्त अवधिसम्म पुनः वैधानीक हुन तथा स्वेच्छिक घरफिर्ती कार्यक्रममा सहभागी हुन दूतावासले आग्रह गरेको हो ।

करिब १ लाख नेपाली कामदार हाल मलेसियामा अवैधानीक रूपमा रहेको हुन सक्ने दूतावासको अनुमान रहेको छ । द्वितीय सचिव गौतमका अनुसार सन् २०१७ मा १५ हजार ८ सय ५५ जना नेपाल घरफिर्ती कार्यक्रममा सहभागी भएका छन् । उनीहरूले एकतर्फी यात्रा अनुमतिपत्र लिइसकेको उनले बताए । 

अवैधानिक कामदारलाई स्वेच्छिक घरफिर्तीका लागि सहयोग गर्न मलेसिया सरकारले ८ वटा कम्पनी तोकेको छ । बुक्क्ती मेघा, फारफेस रिसोर्स, इन्टरनेशनल माकेर्टिङ एण्ड नेट (आइएमएएन) रिसोर्स, केरिकम, पिएमएफ कन्सोर्टियम, पेरुन्डिङ जोन जेर्निही, प्रोफाउण्ड राडियन्स् र दुक्क्ति महलिगाईबाट सहयोग लिई अवैधानिक कामदारले स्वदेश फर्कन सक्ने दूतावासले उल्लेख गरको छ ।

त्यस्तै सन् २०१८ देखि कामदारको लेबी नकाटिने मलेसिया सरकारको घोषणा कार्यान्वयमा आउने दूतावासले जनाएको छ । दूतावासका श्रम सहचारी बाबुलाल रेग्मीले यसअघि मलेसिया सरकारले कामदारको लेबी काट्न नपाउने निर्णय गर्दा रोजगारदाता कम्पनीहरूबाट निकै विरोध तथा आन्दोलनहरू गरिएको भएतापनि अहिले त्यसो नभएकाले उक्त व्यवस्था कार्यान्वयमा आउनेमा आफूहरू विश्वस्त रहेको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते