१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत सरकारले आममाफीको व्यवस्था लागु गर्यो, नेपालीलाई पनि राहत

१२ माघ २०७४, शुक्रबार ०७:३९

माघ १२, काठमाडौं । कुवेत सरकारले आममाफीको व्यवस्था लागू गरेको छ ।

जनवरी २९ अर्थात माघ १५ देखि फेब्रुअरी २२ देखि अर्थात फागुन १० गतेसम्म कुवेतले आङ्खनो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको व्यवस्था गरेको हो । 

उक्त अवधिमा कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 

त्यसरी फर्किएकाहरू पुनः कुवेतमा रोजगारीका लागि जान चाहेमा जान सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । यात्रा निषेधमा परेका र अदालतमा मुद्दा परेकाले भने आममाफी नपाउने मन्त्रालयले जनाएको छ ।

त्यसरी अवैधानिक रूपमा बसिरहेकाहरू मध्ये जरिवाना तिरेर कुवेतमा नै रोजगारीलाई निरन्तरता दिने वा जरिवाना नतिरी स्वदेश फर्किने दुईवटा विकल्प दिइएको स्थानिय सञ्चार माध्यम ‘कुवेत लोकल’ले जनाएको छ । 

जरिवाना तिरेर बस्न चाहनेहरूले प्रतिदिन २ केडी जरिवाना तिर्नुपर्ने जनाइएको छ । यसअघि कुवेतले सन् २०११ मा पनि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको थियो । 

त्यसपछि गएको वर्ष आंशिक रूपमा मात्र उक्त व्यवस्था गरेकाले त्यहाँ रहेका नेपाली कामदारले अपेक्षित फाइदा लिन सकेका थिएनन् ।

यस पटक भने पूर्णरूपमा आममाफी दिएकाले लामो समयदेखि आममाफीको पर्खाइमा रहेका नेपाली सहित विभिन्न देशका नागरिकले फाइदा लिन बताइएको छ । 

कुवेतका स्थानीय सञ्चारमाध्याम र मन्त्रालयले नै उल्लेख गरेपनि कुवेतस्थित नेपाली दूतावासमा आधिकारिक जानकारी नआएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार