२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको अध्यक्षका लागि चार जना आकांक्षी !

१८ माघ २०७४, बिहीबार १२:३७

मनोज पराजुली | माघ १८, काठमाडौं | प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको शुक्रबार हुने अधिवेशनका लागि चार जना व्यवसायीहरु अध्यक्षका लागि दावेदारीमा देखिएका  छन् । 

मञ्चको आगामी अध्यक्षका लागि कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, वरिष्ठ उपाध्यक्ष भिष्मराज शर्मा शिवाकोटी, महासचिव राजेन्द्र भण्डारी र सल्लाहकार चित्रगुप्त साँवा लिम्बू आकांक्षी देखिएका हुन्  । 

माथिको तश्विरमा: मञ्चको कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री ।

मञ्चको अध्यक्षका लागि सहमतिको  प्रयास जारी रहेको भन्दै आफ्नो पक्षमा सहमति हुन नसके लोकतान्त्रिक पद्धती अनुसार निर्वाचनमा जाने  कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डेले साझा सबाललाई बताए । कुनै पार्टी र व्यक्तिको दवाबमा कोहि व्यक्तिलाई संगठनको पेवा बनाइए त्यसलाई स्वीकार गर्ने कुरा रहन्न उनले भने “सम्भव भएसम्म सहमति गरेर वरिष्ठताको आधारमा नेतृत्व चयन हुनुपर्छ ।’’

मञ्चका तत्कालीन अध्यक्ष नरेश गेलाल राजिनामा गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा उम्मेदवार बनेपछि पाण्डे कार्यवाहक अध्यक्ष, शर्मा वरिष्ठ उपाध्यक्ष, भण्डारी महासचिव र लिम्बू सल्लाहकारको जिम्मेवारीमा रहँदै आएका छन् ।

त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको महासचिवका लागि डिकबहादुर खत्री कुमार, सुरजकुमार घुण्डे गुरुङ आकांक्षी देखिएका छन् । 

विधान संशोधनसंगै कार्यसमिति ३१ सदस्यीय हुने 

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको आगामी कार्यसमिति ३१ सदस्यीय हुने भएको छ । मञ्चको बैठकले हालको विधान संशोधन गरी  अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, महासचिव, दुई जना उप–महासचिव र  ७ प्रदेशवाट ७ जना  सचिव गरी ३१ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले जानकारी दिए । 

मञ्चको अधिवेशन भोलि राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसमा हुँदैछ  ।

साझासबाल अनलाइनको बैदेशिक रोजगार संस्करण हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य