२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनमा अलपत्र २० नेपालीमध्य ११ जना बन्धक

१९ माघ २०७४, शुक्रबार ०३:२६

माघ १९,काठमाडौँ । वैदेशिक रोजगारीका लागि ओमन पुगि लामो समय देखि अलपत्र परेका २० नेपालीको अबस्था चिन्ताजनक बनेको छ । 

अलपत्र पर्नेहरुमा यम बहादुर चौहान, द्वारिका प्रसाद चौधरी, रबिन्द्र कुमार चौधरी, रामु गिरी, शङ्खर मिजार, राम ललित कुमार यादव, वसन्त गिरी, थके बुढा, खिमबहादुर थापा, रत्ना जंग राई, गोकर्ण त्रिपाठी, बिक्रम राई, राजेन्द्र गिरी, ज्ञान् बहादुर थापा, कुमार चौहान छेत्री, राजकुमार तामाङ, देव बहादुर बिक, शिर बहादुर खत्री, तेजेन्द्र राना र रेशम कुमार चौधरी रहेका छन जसमध्य ११ जनाको अवस्था निक्कै नाजुक बनेको छ ।


काठमाडौको होनेस्टी ओभरसिज प्रालिबाट ओमनको मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी गत नोबेम्बर २६ मा गएका २० जना मध्य ११ जनालाइ अहिले ओमनको राजधानी मस्कटबाट झन्डै १ सय २० किलोमिटर टाढा बर्का भन्ने ठाउँमा बन्धक बनाइ राखिएको स्रोतले बताएको छ ।

सुरुमा २० जनालाई सँगै राखिएको भएपनि केहि दिन अघि २० जनामध्ये ९ जनालाई कम्पनी होस्टेलमा र ११ जनालाइ ठाउँ परिवर्तन गरि टाढा राखिदिएपछि उनीहरु झनै समस्यामा परेको जानकारी जन प्रगतिशील मन्च ओमनका प्रमुख संरक्षक मुन्नाबाबु परियारले खबरडबलीलार्इ जानकारी दिएका छन । 

एक्कासि ठाउँ परिवर्तन गरि मोटरबाटोबाट झन्डै ३ किमि भित्र एकान्त ठाउँमा राखेको रहेछ मोबाइल चलाउन पनि समस्या ,पीडितले दूतावासलाई निवेदन दिएको पनि तीन हप्ता बित्यो तर कुनै पहल भएन हामीले बारम्बार भनेका छौ सुन्दैनन अब कसरी उद्दार गर्न परियारको भनाइ छ ।

‘मेनपावरले पनि झुक्याउने काम मात्रै गर्यो यता नेपाली हरु अलपत्र छन उता मेनपावर संचालक फारुक खानले परिवारलाई पुरै तलब दिएको छ भनी भ्रम छर्दै रहेछ’ उनले भने ‘यहाँ साथीहरूको ज्यान जाला भन्ने पीर छ ।’ 

कम्पनी मालिकले बन्धक बनाइएको छ धम्काउने तर्साउने गर्छ पुलिस बोलाउछु जेल हाल्छु भन्दै पीडितलाई झनै पीडा दिएको रहेछ दूतावासले यस्तो अबस्थामा पनि चासो नदिएको भन्दै परियारले आक्रोश व्यक्त गरेका छन ।

यता ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले केहि दिन अघि नै समस्या समाधान हुने बताएपनि हालसम्म समस्या समाधान गर्न कुनै पहल नगरेको पीडितको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान