२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको नयाँ कार्य समिति सर्वसम्मत चयन

२०७४, २० माघ शनिबार ०६:३८

माघ २०, काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । 

शनिबार भएको मञ्चको चौथो अधिवेशनबाट चित्रगुप्त सावाँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो ।


मञ्चको अध्यक्षमा सावाँ, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भण्डारी, उपाध्यक्षमा योगेन्द्रबहादुर राई (बाईबी), मुक्तिनाथ अधिकारी, विल्टु शाह, सन्तकुमार लामा, सुरजकुमार घुण्डे, जनक रावल र मधुकर रिजाल रिजाल चयन भएका छन् भने मञ्चको महासचिवमा डिकबहादुर खत्री (कुमार) साथै उपमहासचिवमा गोविन्दबहादुर कटुवाल र हरिसचन्द्र कुवँर चयन भएका छन् । 

यसैगरी मञ्चको सचिव पदमा नवराज लुईटेल, चन्द्रजंग पाण्डे, विनोद खनाल, होमप्रसाद तिमल्सिना, श्यामकुमार खरेल, जयबहादुर शाही (जेबी) र दलबीर भण्डारी गरी ७ जना चयन भएका छन् । मञ्चको एक कोषाध्यक्ष पदमा भने मोहनबहादुर स्याङ्बा चयन भएका छन् ।


मञ्चको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले १२ जना सदस्य समेत सर्वसम्मतले चयन गरेको छ । सदस्यहरुमा बावुराम खड्का, राजेन्द्र अधिकारी, हर्कबहादुर दाहाल, अनवर अलि मियाँ, सरिता घले, सोमबहादुर तामाङ, चुणामणी कटुवाल, दण्डपाणी भट्टराई, अमृत विश्वकर्मा, लक्ष्मण बिश्वा, दिनकर जोशी र सजिन राई चयन भएका हुन् । त्यसैगरी मदन चौलागाँई, मनोज दाहाल र बेदप्रकाश उप्रेती समेत सदस्यमा मनोतिन भएका छन् ।

मञ्चको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन शुक्रबार विहान पूर्व अर्थमन्त्री एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए । मञ्च एमाले निकट वैदेशिक रोजगार व्यवसायीहरुको संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण