२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई सरकारद्वारा युएई आउने बिदेशी नागरिकलाई नयाँ नियम लागू

२०७४, २२ माघ सोमबार १४:१८

माघ २२, युएई । नेपालका लागि बैदेशिक रोजगारीको आकर्षक गन्तब्य मानिएको युएईमा नेपाली लगायत बिदेशी नागरिकहरुले रोजगारीमा जाँदा आफ्नो चारित्रिक प्रमाण पेश गर्नुपर्ने नयाँ नियम लगाएको छ । 

युएईमा नयाँ नियम लागु भएपछी सो बिषयमा नेपालबाट युएई रोजगारीका लागि पठाउँदै आएका म्यानपावरहरुले समेत नयाँ कामदारहरुलाई 'पुलिस रिपोर्ट' अनिवार्य भएको जानकारी गराउन थालेका छन् । युएई सरकारले रोजगारीका लागि आउने बिदेशी नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम लागू गरेको हो ।

युएईले देशमा रहने नागरिक तथा समुदायलाई शतप्रतिशत सुरक्षा र शान्तीको प्रत्याभुत दिने उध्यश्यले यस्तो नियम ल्याएको जनाएको छ । नयाँ नियम पछी अरु देशमा झैँ बिदेशका रोजगारीको लागि जानु अघि प्रहरी रिपोर्ट बनाउनु अनिवार्य हुन्छ । यसका लागि युएई जाने नेपालीले नेपाल प्रहरीबाट आफ्नो असल चरित्रको प्रमाणपत्र बनाई अनिवार्य पेश गर्नुपर्नेछ । जसलाई नेपालमै रहेको युएईको कुटनितिक नियोग वा युएईको विदेश मन्त्रालयले प्रमाणिकरण गरेको हुनुपर्नेछ ।

यदी अरुनै देशमा ५ बर्ष भन्दा बढी बसेको बिदेशी नागरिकको हकमा भने जुन मुलुकमा बसेको हो त्यहि मुलुकको प्रहरी मार्फत आफ्नो प्रहरीले रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । 

अध्ययन र रोजगारीमा विदेश जानेलाई प्रहरी रिपोर्ट आवश्यक हुन्छ । स्वदेशमै पनि केही कम्पनीले जागिरका लागि प्रहरी रिपोर्ट माग्ने गरेका छन् । तर, प्रहरीले हेर्ने मुद्दालाई मात्र आधार बनाएर रिपोर्ट दिने गरिएको छ । यस अघि युएई जान प्रहरी रिपोर्ट अनिवार्य थिएन । 

प्रहरी रिपोर्ट राजस्व छली, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, वन्यजन्तुको तस्करी, वैदेशिक रोजगारमा ठगी, अवैध मुद्राको कारोबार, बिभिन्न किसिमको अपराध जस्ता मुद्दाका दोषीले पाउँदैनन् । मुख्यत: प्रहरी रिपोर्ट व्यक्ति अशल छ वा सम्बन्धित देशले अपराधमा संलग्न नभएको प्रमाणित गरेको छ भन्ने देखाउने प्रमाण हो । यदी आफु अपराधिक कृयाकालापमा संलग्न भए वा माथिका बिभिन्न प्रकृतिका कार्यमा यस अघिनै कारवाहीमा परेको भए प्रहरी रिपोर्ट पाइन्न साथै विदेश जान पनि पाइंदैन ।

यो नियम युएईमा आइतबारदेखि अर्थात हिँजो ४ फेब्रुअरी देखि लागू भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते