२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा कार्यरत नेपालीहरुले ‘चारित्रिक प्रमाणपत्र’ पेस गर्न पर्छ कि पर्दैन ?

२०७४, २४ माघ बुधबार ०५:०३

माघ २४, युएई | गत फेब्रुअरी ४ देखि युएईमा नेपाली सहित बिभिन्न देशका नागरिकले अनिवार्य चारित्रिक प्रमाणपत्र पेस गर्नुपर्ने नियम लागु भएसँगै कयौं नेपालीहरुले यस बिषयमा अनभिज्ञता जाहेर गरेका छन् | 

नेपाली दुतावास युएईले जारी गरेको सूचनाले झुक्किएको भन्दै केहि नेपालीहरुले साझा सबाल अनलाइनलाई यस बिषयमा जिज्ञाशा समेत राखेका छन् तर नेपाली दुतावास युएईले नयाँ कामदारको हकमा मात्र उक्त नियम लागु गरेको स्पष्ट पारेको छ | नेपाली दुतावासका अनुसार हाल युएईमा कार्यरत नेपालीहरुले यस्तो प्रमाणपत्र पेस गर्नु पर्दैन तर कम्पनीले माग गरेको खण्डमा भने हाल युएईमै भएका नेपाली कामदारहरुले यस खाले प्रमाणपत्र नेपालमा भएको आफन्त वा परिवारको सहयोगमा तयार गरि युएईको सम्बन्धित निकायलाई बुझाउनुपर्नेछ | 

नेपाली दुतावास युएईले जारी गरेको सूचनामा 'नयाँ कामदारले मात्र' भन्ने कुरा उल्लेख नगरिएपछी धेरै नेपालीहरु झुक्किएका हुन् | नेपाली दुतावास युएईले संयुक्त इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरुले नेपालमा रहेको अवधिभरको चालचलनको प्रमाणपत्र बनाउनका लागि निजहरुको नजिकको नातेदारले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागबाट यस्तो प्रमाणपत्र लिनुपर्ने भन्दै सूचना जारी गरेको थियो | यही सूचनाको आधारमा हाल युएईमा रहेका नेपालीहरुले आफुहरुले पनि प्रमाणपत्र बुझाउनुपर्ने हो कि भन्दै अनभिज्ञता प्रकट गरेका हुन् | 

दुतावासले हाल युएईमा क्कार्यरत नेपालीहरुले बिदामा नेपाल गएर फर्किंदा पनि यस्तो प्रमाणपत्र पेस गर्नु पर्दैन | फेव्रुअरी ४ पछी नयाँ कामदारका रुपमा विदेश जानेको हकमा मात्र अनिवार्य 'चारित्रिक प्रमाणपत्र' पेस गर्नुपर्ने हुन्छ | 

यस्तो प्रमाणपत्र लिन के-के चाहिन्छ ? 

(स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि)

स्व्देशमा भएको नागरिकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू: रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखरा, मध्य-पश्चिम क्षेत्रिय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढीमा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्छ । समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइन्छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइन्छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्छ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने ब्यबस्था छ ।

यस्तो निवेदन दिँदा पेश गर्नुपर्ने कागजातहरू:

१. स्पष्टसँग बुझिने गरि भरेको फारम एक थान (cid.nepalpolice.gov.np) बाट डाउनलोड गरी भर्ने) 

२. विदेशमा हुने व्यक्तिको राहदानीको पृष्ठ नम्बर २,३ र ३१ को प्रतिलिपि एक/एक थान 

३. अन्तिम पटक नेपाल छोड्दाको नेपाल अध्यागमनको Departure/Exit Stamp भएको राहदानीको पृष्ठको प्रतिलिपि एक थान 

४. नागरिकताको प्रतिलिपि एक थान 

५. बिबाहित महिलाको हकमा बिबाहदर्ताको प्रतिलिपि एक थान 

६. निवेदकको (विदेशमा हुने व्यक्तिका तर्फबाट निवेदन दिने नजिकको नातेदार) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपि एक थान 

७. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको रंगिन फोटो दुई प्रति 

स्वदेशमा रहेकाहरुले यस्तो फारम भर्नुपर्छ 


विदेशमा रहेका नेपाली नागरिकले यस्तो फारम भर्नुपर्छ: 

चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी (विदेशमा रहेका नेपाली नागरिकहरूका लागि)

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनुपर्छ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाइन्छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराइन्छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्छ । निवेदन दिएको ३ दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:

क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

      १) पृष्ठ नं – २, ३ तथा ३१ ।

      २) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।

ख) नागरिकताको प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 

यस्तो निवेदन शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र वुझाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण