२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुको सानो कमजोरीले समस्या बिकराल बन्दै

२५ माघ २०७४, बिहीबार ०९:५९

किरण भट्टराई/माघ २५, सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् । 

डाक्नेश्वरी नगरपालिकाका कुशेश्वर मुखियाले मलेसियामा राम्रो काम र तलबको अवसर आएको भन्दै प्रलोभनमा पारेपछि खड्कपुर नगरपालिकाका दिलीपकुमार दासले उनलाई दुई वर्षअघि रु एक लाख ५० हजार दिनुभयो । 

विदेश जाने भन्दै पटक/पटक काठामाडौँ पनि पुग्नुभयो । स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पूरा गरेपनि उहाँको विदेश जाने मेलो भने मिलेन । पछि एजेण्टले मलेसियाको भएन, कतार पठाइदिन्छु भन्दै उहाँलाई झुलाइरह्यो । पछिल्लो डेढ वर्षदेखि एजेण्ट मुखिया सम्पर्कमा आउन छोडेको दास बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “डेढ वर्षदेखि उसको फोन पनि लाग्दैन, भेट पनि भएको छैन । उसको श्रीमतीले समेत दुई वर्षदेखि श्रीमान्सँग भेट भएको छैन भन्छिन् ।” उहाँजस्तै सुन्दर दाससँग पनि उनै मुखियाले मलेसिया पठाउने भन्दै रु एक लाख ५० हजार लिएका छन् । 

विदेश जानका लागि काठमाडौँमा आएर स्वास्थ्य परीक्षण गर्दा दास अनुतीर्ण हुनुभयो । एक महिना औषधि खाएर अर्को पटक जाँच गर्दा उत्तीर्ण होइन्छ भन्दै एजेण्ट मुखियाले उहाँलाई गाउँमा पठाए । 

त्यसपछि औषधि खाएर स्वास्थ्य परीक्षण गर्न खोज्दा पनि एजेण्ट मुखियासँग भेट हुन सकेको छैन । नत उहाँले रु डेढ लाख रकम फिर्ता पाउन सक्नुभएको छ । 

रुपनी गाउँपालिका– ६ वनपोखरीका अनिल यादव र उहाँका भाइ राम दयाल यादवलाई स्थानीय खेरबबानाका एजेण्ट मोहम्मद उस्मान मियाले रु एक लाख ४५ हजारका दरले रु दुई लाख ९० हजार लिएर मलेसिया पठाए । 

उहाँलाई अल्मुनियमको झ्याल ढोका बनाउने काम भनिए पनि मलेसिया पुगिसकेपछि फलाम काट्ने काममा लगाइयो । वैशाख २८ गते मलेसिया गएका उहाँहरु भनेअनुसारको काम नपाएपछि जेठ २९ गते नेपाल फर्किनुभयो । फर्कदा थप रु एक लाखभन्दा बढी रकम तिर्नुप¥यो । 

आफूहरुलाई पठाउने कलंकीस्थित खोजी मेनपावरमा गएर कुरा गर्दा पैसा जसलाई दिएको हो त्यहीसँग माग्नु भन्दै उहाँहरुलाई फिर्ता पठाइयो । एजेण्ट मियालाई भेट्दा अर्को ठाउँमा पठाइदिन्छु थप रु ५० हजारका दरले रकम तिर्नुपर्ने भने । उहाँहरुले विदेश नजाने भन्दै पहिले जाँदा लागेको रकम फिर्ता दिन आग्रह गर्नुभयो । 

एजेण्ट मियाले त्यसपछि उहाँहरुको फोन उठाउनै छाडे । अहिले सम्पर्ककमै छैनन् । सय कडा तीन ब्याज तिर्ने गरी ऋण लिएका उहाँहरुले ब्याज र साँवाले चेप्दै लगेको छ । 

यस्तै रुपनीकै जीतेन्द्र यादवले विदेश जाने भन्दै गत वैशाखमा रु एक लाख ५० हजार उस्मान मिया र आनन्द चौधरीलाई दिनुभयो । पछि घरायसी कारणले उहाँले नजाने बताएपछि रु ४९ हजार फिर्ता पाउनुभयो भने बाँकी रु एक लाख एक हजार अझै फिर्ता पाउनुभएको छैन । 

यी त भए प्रतिनिधि घटनामात्रै । जिल्लाबाट जाने प्रायः सबैले काठमाडौँ आउनु अघि नै एजेण्टलाई रकम दिने गरेका छन् । यसरी रकम दिँदा उनीहरुले कुनै कानूनी कागज गर्ने गरेका छैनन् । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विशेष गरी मधेशी समुदायका व्यक्तिले विदेश जाँदा मेनपावरलाई भन्दा स्थानीय एजेण्टलाई बढी विश्वास मान्ने गरेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “भाषाका कारण पनि होला, उनीहरुले गाउँघरतिरकै एजेण्टलाई पत्याउँछन् । हामीले पैसा माग्दा दिँदैनन्, एजेण्टलाइनै दिन्छु भन्छन् ।” 

नचिनेको मेनपावरका मान्छेभन्दा केही भइहालेमा स्थानीय एजेण्टसँग रकम उठाउन सजिलो हुन्छ भन्ने मनोविज्ञानले पनि काम गरिरहेको उहाँको भनाइ छ । सुरक्षित आप्रवास परियोजना (सामी)का जिल्ला संयोजक रामप्रवेश मण्डलले एजेण्ट गाउँघरकै हुने र पुरानो चिनजान हुने भएकाले विश्वासका कारण उसैलाई रकम दिने गरेको पाइएको बताउनुभयो । 

एजेण्टले पनि शुरुदेखि नै रकम आफैँलाई दिनुपर्छ भन्दै कामदारलाई फकाउने गरेको भेटिएको मण्डल बताउनुहुन्छ । यसरी विचौलियकासँग आर्थिक कारोबार गर्दा कानूनीरुपमा कामदार कमजोर बनिरहेको हुन्छ । कानूनीरुपमा कागज नगरेकै कारण उसले आफूले दिएको रकम फिर्ता पाउने सम्भावना न्यून रहन्छ । 

आफूले बुझाएको रकमको कागज गरेर मात्रै कामदारले मेनपावरलाई रकम बुझाउनुपर्ने सन्देश प्रवाहलाई सशक्तरुपमा पु¥याउन आवश्यक छ । सो व्यवहार कार्यान्वयनमा आउनसकेमा वैदेशिक रोजगारीसम्बन्धी ठगीका आधाभन्दा बढी समसया समाधान हुन सक्छन । 

कामदारलाई भोलि कुनै समस्या परेमा सहजै क्षतिपूर्ति र उद्धार हुनसक्ने सरोकारवाला बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट