२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा नेपालीहरूका लागि रोजगारीका अवसर यसरी खोज्दैछ नेपाली दूतावास

२०७४, ७ फाल्गुन सोमबार ०४:०१

फागुन ७, कुवेत । कुवेतमा नेपाली दूतावासले नेपालीहरूका लागि रोजगारको खोजी गरिरहेको छ । 

दूतावासले यहाँका रोजगारदाताहरूलार्इ नेपालीहरूका लागि कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको हो ।

‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषयमा नेपाली दूतावास र कुवेतका रोजगारदाता कम्पनीहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो अाग्रह गरिएको हो ।


कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल र कुवेतवीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि गरिदिन रोजगारदाता कम्पनीहरूलार्इ आग्रह गरे ।

उनले नेपाली श्रमिकहरूका लागि कुनै पनि प्रकारका समस्या सृजना हुन नदिन निरोधात्मक उपायमा जोड दिन समेत अाग्रह गरेका छन् ।

साथै त्यसरी प्रयास गर्दा पनि कुनै समस्या उत्पन्न भएमा प्रभावकारी उपचारात्मक कार्यद्वारा समस्या समाधान गरी उनीहरूको रोजगारीलार्इ समस्यारहित एवं उपलव्धिमूलक बनाउनका लागि आवश्यक सहयोग प्रदान गर्न रोजगारदाताहरूलार्इ आग्रह गरे ।

कार्यक्रममा राजदूतावासका द्धितीय सचिव ज्ञानबहादुर मगरले ‘नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधान’ बिषयमा र श्रम सहचारी ज्ञानेन्द्र शर्माले ‘नेपाली श्रमिकहरूका लागि थप रोजगारीको सम्भाव्यता’ बिषयमा विस्तृत रूपमा जानकारी दिएका थिए ।

प्रथम सचिव भोगेन्द्र लिङ्देनले सहजिकरण गरेको कार्यक्रममा कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृद्धि गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

साथै उनीहरूले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवर्दन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलहरुको प्रसंशा समेत गरेका थिए ।

कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते