२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा कार्यरत नेपाली कामदारलाई खुशीको खबर !

१४ फाल्गुन २०७४, सोमबार ०७:४६

फागुन १४, काठमाडौं । युएईमै काम गरिरहेका नेपालीसहित विदेशी कामदारले काम परिवर्तन गर्दा चारित्रिक प्रमाण पत्र (प्रहरी रिपोर्ट) नचाहिने भएको छ । 

युएई जाने नयाँ विदेशी कामदारले श्रम स्वीकृति लिनका प्रहरी रिपोर्ट बुझाउनु पर्ने भए पनि युएईमै काम गरिरहेका विदेशी कामदारले स्पोन्सर परिवर्तन गर्दा भिसाका लागि प्रहरी रिपोर्ट नचाहिने त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

युएईको अध्यागमन विभागलाई उद्धृत गर्दै गल्फ न्युजले स्पोन्सर परिवर्तन गर्दा भिसाका लागि प्रहरी रिपोर्ट नचाहिन जनाएको हो ।

युएईमा काम गर्ने जान चाहनेले आङ्खनै देशबाट वा अरु देशमा ५ वर्षदेखि बसिरहेको भए त्यही देशबाट जारी चारित्रिक प्रमाणपत्र पेस गर्नुपर्छ । 

नयाँ कामदार लागि यो नियम ४ फेबु्रअरी अथवा २१ माघबाट लागू भएको हो ।उक्त प्रमाणपत्र सम्बन्धित मुलुकमा रहेको युएईको कूटनीतिक नियोग वा युएईको विदेश मन्त्रालयले प्रमाणीकरण गरेको हुनुपर्ने छ । 

युएई जाने नेपालीको दूताबासमा भीड

त्यस्तै प्रहरी रिपोर्ट बनाउनदेखि प्रमाणीकरण गर्न कामदारले निकै सास्ती बेहोर्न बाध्य भएको पाइएको छ । कामदारहरूमाथि थप आर्थिक भारसमेत थपिएको छ । 

अहिले काठमाडौंको पानीपोखरीमा अवस्थित युएईको दूताबासमा पुलिस रिपोर्ट प्रमाणीकरण गर्नेको भीड प्रत्येक दिन बिहानैदेखि नै लाग्ने गरेको छ । 

लाइनमा बस्ने युवायुवतीहरू दूताबासले झन्झटिलो र अनावश्यक दुःख दिएकोमा आक्रोशसमेत व्यक्त गर्ने गरेका छन् । नेपाल सरकारले भने यस विषयमा अहिलेसम्म आङ्खनो धारणा बाहिर ल्याएको छैन । -इप्रभावबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान