२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाले आगामी वर्ष ७ हजार नेपाली कामदार लैजाने

१५ फाल्गुन २०७४, मंगलवार ११:५८

फागुन-१५, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत दक्षिण कोरिया लैजाने कामदारको कोटा निर्धारण गरेको छ ।  कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९ का लागि ७ हजार कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको हो  । यो जानकारीसंगै रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ मा ७ हजार नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जान पाउनेछन ।

आगामी वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजार र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ को कोरियन भाषा परीक्षाको फारम चैत दोस्रो सातामा खुल्नेछ । गत वर्षजस्तै यसपटक पनि अनलाइनबाट  फारम भर्न सकिनेछ । 

जेठको अन्तिम सातामा हुने  इपीएस भाषा परीक्षा तालिका शाखाले इपीएस परीक्षा आवेदन फारम संकलन गरेपछि प्रकाशित गर्नेछ ।

सन् २०१८को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान