Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि दुतावासमा घन्टौंसम्म लाइनमा, सरकार मौन

१६ फाल्गुन २०७४, बुधबार १३:४३

मनोज पराजुली,फागुन-१६,काठमाडौँ। युएई सरकारले
आफ्नो मुलुकमा कार्यरत आप्रवासी कामदारलाई प्रहरी प्रतिवेदन अनिवार्य गरेपछि त्यसको
प्रत्यक्ष असर नेपाली कामदारमा परेको छ । युएई सरकारको नयाँ नियमसंगै नेपाली कामदारहरुले प्रहरी रिपोर्ट बनाउनदेखि दुतावासमा गएर प्रमाणिकरण गर्नसम्म
निकै हैरानी बेहोर्न बाध्य भएका हुन् ।

युएईमा कार्यरत तथा काम गर्न आउने आप्रवासी
कामदारलाई युएई सरकारले फेब्रुअरी ४ बाट प्रहरी प्रतिवेदन अनिवार्य  गरेको थियो । नयाँ नियमसंगै  प्रहरी प्रतिवेदन प्रमाणिकरणका लागि युएई दूतावासमा
जाने नेपाली युवाको भीड बढेपछि समस्या थप जटिल बनेको छ ।

दुतावासमा सेवाग्राहीको भीड बढेसंगै भीड नियन्त्रण गर्न नेपाल प्रहरी परिचालन गरिएको छ तर टोकन प्रणालीको
समेत व्यवस्ता नगरिंदा कामदार मर्कामा
पर्दै आएका छन्। युएई दुतावासमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्नको लागि घन्टौं
लाइन बस्नुपर्ने बाध्यता संगै ३ देखि ७ दिनसम्म भर्खनुपरेको कामदारहरुले गुनासो गरेका छन् ।  

युएई जान पुलिस रिपोर्ट बनाएर प्रमाणिकरणका लागि ४
दिन धाउनु परेको दूतावासको गेट अगाडि लाइनमा बसेका धादिङका विकास तामाङले  गुनासो गरे । उनले भने “दूतावासले झण्झटीलो
प्रक्रिया र महँगो शुल्कले कामदार थप मारमा परेका छन् यसतर्फ सरकारको ध्यान जानुपर्छ
।’’

सार्वजनिक शौचालय नहुँदा समस्या

पुलिस रिपोर्ट प्रमाणिकरणका लागि दूतावासको गेट अगाडी घन्टौ लाइन बस्दा शौचालयको समस्या
हुने गरेको भन्दै यसतर्फ सरकारको
ध्यानजानु पर्ने रामेछापकी दीपा श्रेष्ठले सझासबालालाई गुनासो गरिन् । उनले भनिन् "दैनिक सयौंको संख्यामा
मानिसहरु लाइनमा बस्नुपर्दा शौचालय जाने
ठाउं समेत छैन केवल घुम्ती सार्वजनिक शौचालयको व्यवस्था गरिदिए पनि सहज हुने थियो
।" 

श्रम तथा रोजगार मन्त्रालय मौन  

४३ सय तिरेर पुलिस रिपोर्टमा छाप लगाउन दुतावास
अगाडी घण्टौ कुनुपर्ने बाध्यता हुँदा समेत सरकारले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न सकेको छैन । युएईले  लागू  गरेको नयाँ नियम बारेमा  सरोकारवाला निकायसँग कुनै छलफल समेत नभएको श्रम
तथा रोजगार मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी भुमिश्वर पोखरेलले सझासबाललाई
जानकारी दिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको
विरोध

वैदेशिक रोजगारीमा जाने कामदारमाथि ४ हजार ३ सय
रुपैयाँको भार पर्दा समेत श्रम तथा रोजगार मन्त्रालय मौन रहेको भन्दै नेपाल
वैदेशिक रोजगार व्यवसायी संघले मन्त्रालयको मौनता खेद जनक रहेको जनाएको छ । संघले
एक  विज्ञप्ति जारी गर्दै नेपाल सरकारका
दुई/दुई वटा निकायले प्रमाणीकरण गरेको प्रहरी रिपोर्टलाई युएई दूतावासले
प्रमाणीकरण गर्नुको औचित्य र कारण के हो ?
भन्दै नेपाल सरकारलाई प्रश्न गरेको छ ।



 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान