२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाम्का नेपाल बन्द, साउदी, ओमन र बहराइन जाने कामदारले अब के गर्ने ?

२०७४, १८ फाल्गुन शुक्रबार १७:५३

फागुन १८, काठमाडौं | वैदेशिक रोजगारमा जाने नेपाली कामदाहरुले अब अनलाइनबाटै मेडिकलका लागि आवेदन फारम भर्नु पर्ने ब्यवस्था भएपछी गाम्का नेपाल बन्द भएको छ । 

गाम्का नेपाल बन्द भएपछी साउदी अरब, ओमन र बहराइन जाने नेपाली कामदारहरुले अब अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गराउन सक्ने भएका छन् । जसको लागि www.gcchmc.org मा अनलाइन बुकिङ एपोइन्टमेन्ट सिस्टममा गइ जिसिसि स्लीप जेनरेट गरी सम्बन्धित स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन सकिने भएको छ । तर फर्म भर्दा करिव १००० रुपयाँ अर्थात १० डलर क्रेडिट कार्ड मार्फत बुझाएर फारम भर्नुपर्ने भएको छ । यो नियमका कारण विदेश जाने कामदारले थप आर्थिक भार खेप्नुपर्ने बताइएको छ । तर १० डलर तिर्नुपर्ने सर्तमा नेपाल राष्ट्र बैंकले अनुमति दिएको छैन् । 

यदी नेपालले नयाँ नियम नमान्ने हो भने साउदी, ओमन र बहराइन जानै बन्द हुने बताइएको छ । अहिले एक वर्षमा साउदी, ओमान र वहराइन जानेहरु कम्तीमा १ लाख छन् । अहिले यी तीन देशमा मेडिकल गर्नेहरुले ५ हजार ५ सय सम्म तिर्ने गरेको र त्यसमा पनि थप आर्थिक १० डलर तिर्नुपरे कामदारलाई अझै आर्थिक भार बढ्ने भन्दै बैदेशिक रोजगार ब्याबसायीहरुले समेत बिरोध गरेका छन् । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते