२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, ओमन र बहराइन जाने नेपाली कामदारको मेडिकल ‘अवरुद्ध’

२०७४, २२ फाल्गुन मंगलवार १७:४६

फागुन २२, काठमाडौँ | साउदी अरब, ओमन र बहराइन जान नेपाली कामदारले डलर तिर्नुपर्ने नियम ल्याएपछी नेपाली कामदारहरुले मेडिकल गर्न छाडेका छन् । क्रेडिट वा मास्टर कार्डबाट डलर भुक्तानी गर्नु पर्ने भएपछि कामदारहरुले मेडिकल नै गर्न छाडिदिएका हुन् ।

यसअघि गाम्काको कार्यालयबाट अनुमतिपत्र (स्लिप) लिएर तोकिएका मेडिकल सेन्टरमा ५५ सय रुपैयाँ तिरेपछि विदेश जान चाहनेहरुको मेडिकल हुने गरेकोमा जीसीसीले १७ फागुनबाट गाम्का नेपाल समेत बन्द गरेर अनलाइनमा आवेदन भर्नु पर्ने र क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्ने व्यवस्था लागू गरेको थियो । नयाँ नियम आएलगत्तै मेडिकलको काम अवरुद्ध भएको छ । 

अनलाइनबाट मेडिकल गर्नुपर्ने र १० डलर क्रेडिटकार्डबाट तिर्नुपर्ने भएपछि तोकिएका मेडिकल सेन्टरहरुमा मेडिकल गर्नेहरुको शंख्या ९० प्रतिशतसम्म घटेको छ । अर्को समस्या य पनि छ भने यदी १० डलर तिर्नसक्ने अवस्था आएपनि नेपाल राष्ट्र बैंकले प्रति कामदार १० डलर बाहिर लैजान अनुमति दिएको छैन ।

आज बैदेशिक रोजगार ब्याबसायी संघका अध्यक्ष रोहन गुरुङले देशिक रोजगारीमा जाने कामदारहरुबाट स्वास्थ्य परीक्षणमा चर्को शुल्क अशुल गर्ने कार्य तत्काल रोक्न माग गर्दै सरकारलाई परिपत्र जारी समेत गरेका छन् । उनले खाडी मुलुक साउदी अरब, बहराइन र ओमान तथा मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा केही संस्थाहरुले सिण्डिकेट खडा गरी चर्को शुल्क अशुल गर्दै आएको आरोप लगाउँदै यसलाई तत्काल रोक्न संघले सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । उनले पछिल्लो फेब्रुअरी ४ देखि युएईले समेत नेपाली कामदारको चारित्रिक प्रमाणपत्र मागेको र त्यसका लागि दुतावासमा कामदारले छुट्टै रकम तिर्नुपर्नेको भन्दै त्यसको विरोध गरेका छन् । 

पछिल्लो समय साउदी अरब, बहराइन र ओमान जान १२ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण शुल्क वापत प्रति कामदार ५ हजार ५ सय र रेजिष्ट्रेशन शुल्क बापत छुट्टै १० अमेरिकी डलर लिने गरि नियम बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण