२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, ओमन र बहराइन जाने नेपाली कामदारको मेडिकल ‘अवरुद्ध’

२२ फाल्गुन २०७४, मंगलवार १७:४६

फागुन २२, काठमाडौँ | साउदी अरब, ओमन र बहराइन जान नेपाली कामदारले डलर तिर्नुपर्ने नियम ल्याएपछी नेपाली कामदारहरुले मेडिकल गर्न छाडेका छन् । क्रेडिट वा मास्टर कार्डबाट डलर भुक्तानी गर्नु पर्ने भएपछि कामदारहरुले मेडिकल नै गर्न छाडिदिएका हुन् ।

यसअघि गाम्काको कार्यालयबाट अनुमतिपत्र (स्लिप) लिएर तोकिएका मेडिकल सेन्टरमा ५५ सय रुपैयाँ तिरेपछि विदेश जान चाहनेहरुको मेडिकल हुने गरेकोमा जीसीसीले १७ फागुनबाट गाम्का नेपाल समेत बन्द गरेर अनलाइनमा आवेदन भर्नु पर्ने र क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्ने व्यवस्था लागू गरेको थियो । नयाँ नियम आएलगत्तै मेडिकलको काम अवरुद्ध भएको छ । 

अनलाइनबाट मेडिकल गर्नुपर्ने र १० डलर क्रेडिटकार्डबाट तिर्नुपर्ने भएपछि तोकिएका मेडिकल सेन्टरहरुमा मेडिकल गर्नेहरुको शंख्या ९० प्रतिशतसम्म घटेको छ । अर्को समस्या य पनि छ भने यदी १० डलर तिर्नसक्ने अवस्था आएपनि नेपाल राष्ट्र बैंकले प्रति कामदार १० डलर बाहिर लैजान अनुमति दिएको छैन ।

आज बैदेशिक रोजगार ब्याबसायी संघका अध्यक्ष रोहन गुरुङले देशिक रोजगारीमा जाने कामदारहरुबाट स्वास्थ्य परीक्षणमा चर्को शुल्क अशुल गर्ने कार्य तत्काल रोक्न माग गर्दै सरकारलाई परिपत्र जारी समेत गरेका छन् । उनले खाडी मुलुक साउदी अरब, बहराइन र ओमान तथा मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा केही संस्थाहरुले सिण्डिकेट खडा गरी चर्को शुल्क अशुल गर्दै आएको आरोप लगाउँदै यसलाई तत्काल रोक्न संघले सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । उनले पछिल्लो फेब्रुअरी ४ देखि युएईले समेत नेपाली कामदारको चारित्रिक प्रमाणपत्र मागेको र त्यसका लागि दुतावासमा कामदारले छुट्टै रकम तिर्नुपर्नेको भन्दै त्यसको विरोध गरेका छन् । 

पछिल्लो समय साउदी अरब, बहराइन र ओमान जान १२ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण शुल्क वापत प्रति कामदार ५ हजार ५ सय र रेजिष्ट्रेशन शुल्क बापत छुट्टै १० अमेरिकी डलर लिने गरि नियम बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान