२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति लिन अब काठमाडौं आउनु पर्दैन : श्रममन्त्री विष्ट

२०७४, ४ चैत्र आईतवार १२:३४

चैत्र ४,काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले केहि दिनमै प्रदेश २ र ५ मा श्रम कार्यालय खोलेर श्रम स्वीकृति दिइने जनाएका छन् । उनले आइतबार नै कम्तिमा दुई स्थानमा श्रम स्विकृती  दिने व्यवस्था मिलाउन बैदेशिक रोजगार विभागका महानिर्देशक र सचिवलाई निर्देशन दिइसकेको बताएका हुन् ।

देश संघीयतामा गए पनि वैदेशिक रोजगार विभाग केन्द्रीकृत रहेको भन्दै उनले  केही दिनमै प्रदेश २  र ५  कुनै पायक पर्ने ठाउँबाट श्रम स्विकृत दिने  व्यवस्था मिलाइने जानकारी दिएका हुन् ।

आइतबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग  कुरा गर्दै उनले हालको वैदेशिक रोजगार ऐन संशोधन प्रक्रियामा लैजाने जनाएका छन्। २०६४ सालमा बनेको उक्त ऐन संशोधन नहुँदा विदेश जाने कामदार पीडित हुँदै आएको भन्दै त्यसलाई समय सापेक्ष सुधार गरिने जनाए। 

त्यस्तै उनले बैदेशिक रोजगार विभागले  लिने गरेको पीडितको उजुरीलाई हरेक दिन नै  सुनुवाई गरिने जनाए । यस अघि विभागले वैदेशिक रोजगारीको क्रममा पीडितहरुको   उजुरी हप्तामा एक दिन बुधबार सर्व पक्षीय रुपमा सुनुवाई हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी