२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जताततै सिण्डिकेट राखेर म्यानपावरलाई मात्र किन दोष ?’ – गेलान

५ चैत्र २०७४, सोमबार १३:४५

मनोज पराजुली | चैत्र ५, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ ।  गोकर्ण विष्टले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी लिएसंगै बिभिन्न निर्देशन आउन थालेपछि संघले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

'गलत गर्नेलाई कारवाही हुनुपर्यो, त्यो भन्दा अगाडी सिण्डिकेटहरु खारेज गर्नुपर्यो, त्यसपछि म्यानपावर भित्र पनि केहि कमि कमजोरी छन् भने सुधार गर्न व्यवसायी तयार हुनुपर्छ' नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलानले भने ''व्यवसायीलाई दु:ख दिने भन्दा पनि गलत गर्नेलाई कारवाही गर्छु भनेका हुन् भने श्रम मन्त्रीलाई व्यवसायीको पूर्ण सहयोग हुन्छ ।"

महासचिव गेलानले भने  'नेपाली कामदार कुनै देश जान पाउने, नपाउने तथा उसको प्रमाणपत्र कुनै एक निजि सस्थाले  दिने कुरा हुन सक्दैन, त्यसमा पनि ३ हजार २ सय शुल्क लिने काम बन्द गर्नुपर्छ' । उनले भने 'मेडिकलको नाममा देखिएको सिण्डिकेट खारेज हुनुपर्छ।'

साउदीले  पछिल्लो समय लिंदै आएको थप १० डलर शुल्क लगायत  युएइले कामदारको प्रमाणपत्रमा छाप हान्ने नाममा लिंदै आएको शुल्क समेत खारेज गरेपछि मात्र म्यानपावर व्यवसायी भित्र कुनै कमी कमजोरी छन् भने सच्चिन समेत तयार रहने  महासचिव गेलानले जिकिर गरे । 'तर सबै सिण्डिकेट यथावत रहने, बदमासी गर्नेले बदमासी गरिरहने अनि खालि म्यानपावरले मात्र यो गर्यो र त्यो गर्यो भनेर अनावश्यक प्रचारवाजी गर्नु त भएन नि ?' उनले प्रति प्रश्न गरे ।  गलत गर्नेलाई कारवाही  गर्ने कुरामा व्यवसायी चिन्तित छैनन् भन्दै उनले थपे ''मन्त्रीको निर्देशनले व्यवसायी चिन्तित नभई गलत ढंगले व्यवसाय गर्ने र बैदेशिक रोजगारका नाममा ठगि गर्नेहरु मात्र आतंकित भएका हुन्।"  

यस अघि केपीशर्मा ओली सरकारमा नयाँ मन्त्रीहरुले जिम्मेवारी लिएसंगै सुरुवातबाटै कडा निर्देशन दिन थालेपछि बैदेशिक रोजगारको नाममा ठगि गर्नेहरु शसंकित बन्दै आएका छन् । बिहिबार मात्र श्रम मन्त्री बनेका श्रममन्त्री गोकर्ण विष्टले ठगि गर्ने म्यानपावरहरुको सुची मागेको कुरा बैदेशिक रोजगार बिभाग स्रोतले जनाएको छ ।  यस अघि ठगीको मुद्दा परेका भनिएका म्यानपावरलाई के-कस्तो कारवाही गरिएको छ, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही भएको छ, सोको बारेमा समेत श्रममन्त्रीले चासो देखाएका थिए।  श्रममन्त्री गोकर्ण विष्टले पटक-पटक म्यानवापरले पुनः ठगी गरेको तथा त्यस्तो हुन नदिन र आवश्यक परे कारबाही समेत गर्नको लागि ठगिको उजुरी परेका म्यानपावरको सुची पेस गर्न यस अघि नै वैदेशिक रोजगार विभागलाई निर्देशन दिइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै