२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जताततै सिण्डिकेट राखेर म्यानपावरलाई मात्र किन दोष ?’ – गेलान

५ चैत्र २०७४, सोमबार १३:४५

मनोज पराजुली | चैत्र ५, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ ।  गोकर्ण विष्टले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी लिएसंगै बिभिन्न निर्देशन आउन थालेपछि संघले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

'गलत गर्नेलाई कारवाही हुनुपर्यो, त्यो भन्दा अगाडी सिण्डिकेटहरु खारेज गर्नुपर्यो, त्यसपछि म्यानपावर भित्र पनि केहि कमि कमजोरी छन् भने सुधार गर्न व्यवसायी तयार हुनुपर्छ' नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलानले भने ''व्यवसायीलाई दु:ख दिने भन्दा पनि गलत गर्नेलाई कारवाही गर्छु भनेका हुन् भने श्रम मन्त्रीलाई व्यवसायीको पूर्ण सहयोग हुन्छ ।"

महासचिव गेलानले भने  'नेपाली कामदार कुनै देश जान पाउने, नपाउने तथा उसको प्रमाणपत्र कुनै एक निजि सस्थाले  दिने कुरा हुन सक्दैन, त्यसमा पनि ३ हजार २ सय शुल्क लिने काम बन्द गर्नुपर्छ' । उनले भने 'मेडिकलको नाममा देखिएको सिण्डिकेट खारेज हुनुपर्छ।'

साउदीले  पछिल्लो समय लिंदै आएको थप १० डलर शुल्क लगायत  युएइले कामदारको प्रमाणपत्रमा छाप हान्ने नाममा लिंदै आएको शुल्क समेत खारेज गरेपछि मात्र म्यानपावर व्यवसायी भित्र कुनै कमी कमजोरी छन् भने सच्चिन समेत तयार रहने  महासचिव गेलानले जिकिर गरे । 'तर सबै सिण्डिकेट यथावत रहने, बदमासी गर्नेले बदमासी गरिरहने अनि खालि म्यानपावरले मात्र यो गर्यो र त्यो गर्यो भनेर अनावश्यक प्रचारवाजी गर्नु त भएन नि ?' उनले प्रति प्रश्न गरे ।  गलत गर्नेलाई कारवाही  गर्ने कुरामा व्यवसायी चिन्तित छैनन् भन्दै उनले थपे ''मन्त्रीको निर्देशनले व्यवसायी चिन्तित नभई गलत ढंगले व्यवसाय गर्ने र बैदेशिक रोजगारका नाममा ठगि गर्नेहरु मात्र आतंकित भएका हुन्।"  

यस अघि केपीशर्मा ओली सरकारमा नयाँ मन्त्रीहरुले जिम्मेवारी लिएसंगै सुरुवातबाटै कडा निर्देशन दिन थालेपछि बैदेशिक रोजगारको नाममा ठगि गर्नेहरु शसंकित बन्दै आएका छन् । बिहिबार मात्र श्रम मन्त्री बनेका श्रममन्त्री गोकर्ण विष्टले ठगि गर्ने म्यानपावरहरुको सुची मागेको कुरा बैदेशिक रोजगार बिभाग स्रोतले जनाएको छ ।  यस अघि ठगीको मुद्दा परेका भनिएका म्यानपावरलाई के-कस्तो कारवाही गरिएको छ, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही भएको छ, सोको बारेमा समेत श्रममन्त्रीले चासो देखाएका थिए।  श्रममन्त्री गोकर्ण विष्टले पटक-पटक म्यानवापरले पुनः ठगी गरेको तथा त्यस्तो हुन नदिन र आवश्यक परे कारबाही समेत गर्नको लागि ठगिको उजुरी परेका म्यानपावरको सुची पेस गर्न यस अघि नै वैदेशिक रोजगार विभागलाई निर्देशन दिइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य