२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश उड्न लगेज बोकेर म्यानपावर पुगेका युवाहरुको बिचल्ली, बजाज ओभरसिज करोडौं उठाएर फरार !

२०७४, ६ चैत्र मंगलवार १५:५७

अनिल अधिकारी / मनोज पराजुली | चैत ६, काठमाडौँ | बैदेशिक रोजगारमा कुवेत पुर्याउने भन्दै बजाज ओभरसिस म्यानपावरले झन्डै तीन सय भन्दा बढी युवालाई ठगि गरेको छ । कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यु ब्लु स्टार ओभरसिसमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले सयौं युवालाई ठगि गरेको हो ।

माथिको तश्विरमा: कुवेतको ग्लोबल एक्सल कम्पनीको डिमाण्ड, यही डिमाण्ड देखी बजाज ओभरसिजले युवाहरुलाई ठगि गरेको हो ।

पिडितहरुले तीन सय भन्दा बढीको माग भएको दुई कम्पनिको छुट्टाछुट्टै डिमाण्ड अनुसार सोहि अनुपातमा कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरेर संचालक फरार भएको बताएका छन् । 

कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम अशुल गरि बजाज ओभरसिजका संचालक बताउने सर्लाहीका उमेश कटुवाल फरार भएका हुन् ।

कटुवाल फरार भएपछि म्यानपावर छाडेर भागेका म्यानपावरका म्यानेजर बताउने सर्लाही वरहथवाका रामेश्वर सिङलाई पिडितहरुले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरि बैदेशिक रोजगार बिभागमा आज करिव ५ बजे उपस्थित गराएको छ ।  पक्राउ परेका रामेश्वरले विदेश जाने कामदारलाई भने प्रेम नाम बताउने गरेको पिडितहरुले साझा सबाललाई बताएका छन् । 

माथिको तश्विरमा: पक्राउ परेका म्यानेजर रामेश्वर सिङ – म्यानेजर (बायाँ), संचालक बताउने फरार उमेश कटुवाल (रातो एरोले देखाएको व्यक्ति)


माथिको तश्विरमा: ठगिमा परेका युवाहरु ।

टिकट ल्याउछु, भनेर गएका संचालक फरार 

पीडित मध्येका अनिल विश्वकर्माले लगेज शनिबारदेखि म्यानपावरको कार्यालय भित्रै थुनिएको बताए । विदेश जान शुक्रबार घरबाट बिदा मागेर आएका उनलाई म्यानपावरले ठगि गरेको कुरा त्यसबेला मात्र थाहा भयो जति बेला एयरपोर्ट पुगिसक्नु पर्ने दिन म्यानपावरमै बास बस्नुपर्यो । शुक्रबार बेलुका ७ बजे एयरपोर्टभित्र पुगिसक्नुपर्ने भनेर तयार भई म्यानपावर पुगेका उनी सहित २५ जनालाई म्यानपावरमै कुर्न लगाई टिकट ल्याउछु भन्दै गएका संचालक कटुवाल प्लेन उड्नेबेला सम्म पनि म्यानपावर नफर्कंदा ठगिएको थाहा पाए । उनले भने -'त्यस दिन मसहित २५ जनालाई उडाउने भन्दै घरबाट बोलाइएको थियो । तर टिकट लिन भनेर गएका संचालक नौ बज्दासम्म फर्किएनन् ।' उनले आफु सहित झन्डै तीन सय जनालाई उक्त म्यानपावरले ठगि गरेको दावी गरे ।

माथिको तश्विरमा: पीडितहरुसँग ठगले अशुली गरेको पैसाको भरपाई तथा फिर्ता दिईएको ब्ल्यांक चेक ।

त्यस्तै अर्का पीडित बिशाल सुनुवारले ठगिएको भन्ने थाहा पाएपछी सबैतिर बुझ्दा म्यानपावरले सबै काम नक्कली गरेको भन्ने थाहा पाएको बताए । उनले भने – 'म्यानपावर छ, बोर्ड टागेर कार्यालय चलाएको छ, हामीले विश्वास नगर्ने कुरै भएन, तर अहिले आएर सपना जस्तो लाग्दैछ । उसले म सहित ३ सय जनालाई ६ महिनादेखि पटक-पटक पैसा अशुली गर्दै ठगेको पो रहेछ ।'

यस बिषयमा पडितहरुले आज बैदेशिक रोजगार बिभागमै उपस्थित भई आफ्नो समस्या पोखेका छन् । झन्डै ५० जनाको संख्यामा बिभाग पुगेका पिडितहरुले आफु ठगिएको भन्दै बिभाग समक्ष न्याय मागेका हुन् । पिडितहरु मध्ये एक जनाले आक्रोशित हुँदै आफुहरुलाई ठग्ने म्यानपावरको बारे यस अघि बैदेशिक रोजगार बिभागमा उजुरी गर्दा बिभागले ठगको तीन पुस्ते ल्याउन आग्रह गरेको आरोप लगाए । उनले भने 'बकाइदा बोर्ड राखेर चलेको म्यानपावर सहि हो वा गलत हामीलाई के थाहा ? डिमाण्डदेखि श्रम गर्दा समेत सबै कुरा सहि हो जस्तै लाग्यो तर अहिले ठगिएपछी सबै कुरा हेर्दा त नक्कली पो रहेछ ।' 

माथिको तश्विरमा: नक्कली श्रमस्वीकृति । 

पीडितहरुले दिएको जानकारीको आधारमा साझा सबालले म्यानपावरबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै डिमाण्ड ल्याउने न्यु ब्लु स्टार ओभरसिजसँग बुझ्न सम्पर्क गर्दा वेबसाइटमै रङ्ग नम्बर राखिएको पत्ता लागेको छ । घटनापछी बैदेशिक रोजगार बिभागका महानिर्देशक भुवन आचार्यले दोषीलाई बिभागमा मंगलबार ढिला उपस्थित गराइएको कारण बुधबार थप जानकारी गराउने बताए । 

श्रममन्त्री बिष्टको ध्यानाकर्षण 

यसै बिषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले दोषी उपर कडा कारवाही गर्ने साझा सबालसँग प्रतिबद्दता व्यक्त गरेका छन् । उनले ठगिमा मुछिने जो कोहिलाई पनि आफुले नछाड्ने भन्दै यस घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने – 'म यस बिषयमा भोलीनै जानकारी लिएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिन्छु ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण