चैत्र १८ काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले नेपाली कामदारबाट भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको निर्णय बमोजिम अप्रिल १ अर्थात् आजबाट प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने भएको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र १८ काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले नेपाली कामदारबाट भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको निर्णय बमोजिम अप्रिल १ अर्थात् आजबाट प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने भएको हो ।

"/>
२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको निर्णय : नेपाली कामदारका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने

२०७४, १८ चैत्र आईतवार ०८:०४

चैत्र १८,काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले नेपाली कामदारबाट भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको निर्णय बमोजिम अप्रिल १ अर्थात् आजबाट युएई एम्बेसी मार्फत गरिने प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने भएको हो ।

गत बुधबारबाट नेपाली कामदारको  नै डकुमेन्ट लिन छोडेको र लिएका सबैको प्रमाणीकरण गरि कामदारलाई उपलब्ध गराइसकेको यूएई एम्बेसीले साझा सबाललाई जानकारी दिएको छ ।

यूएई सरकारको निर्णय प्रति नेपाल बैदेशिक रोजगार व्यवसायी संघले स्वागत गरेको छ ।  धेरै क्षेत्रबाट युएई सरकारको निर्णय सहजीकरण गर्नुपर्छ भन्ने राय सल्लाह आउँदा आउंदै पनि संघ एक ढिक्का भएर श्रमिकलाई आर्थिक भार पर्ने कुनै पनि निर्णय लागू हुनुहुन्न भन्ने आफ्नो धारणामा अडिक रहेको कारण खारेज हुन पुगेको संघका महासचिव नरेश गेलानले साझा सबाललाई बताए । साथै यो निर्णय संधैका लागि स्थगित हुनुपर्ने उनले बताए ।

नेपाली श्रमिकहरुलाई आर्थिक भार पर्ने  युएई सरकारको निर्णय स्वीकार नगर्ने भन्दै संघले पटक पटक श्रममन्त्री लगायत युएई एम्बेसीको ध्यानाकर्षण गराएको थियो । 

यसअघि यूएईले २७ मार्च बाट लागू हुने गरी भारतसहित अन्य आठ मुलुकलाई भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण