२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री विष्टद्वारा नेपाली कामदार जापान लैजान जीटूजी मोडलको प्रस्ताव

२१ चैत्र २०७४, बुधबार ०४:२५

चैत २१, काठमाडौं । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेपालका लागि जापानी राजदूत ओगावाबीच नेपालबाट कामदार जापान पठाउने प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल भएको छ । भेटमा बिष्टले प्रशिक्षार्थी कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेका छन् । 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीका अनुसार आगामी दिनमा जापानमा नेपालीका लागि सुरक्षित रोजगारको अवसर सिर्जना गर्न तथा उद्यमशीलताको विकास लागि द्विपक्षीय सहयोग आदानप्रदानका लागि सम्भाव्य क्षेत्रबारे समेत उहाँहरुबीच छलफल भएको छ । 

श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूतसँग दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन् । यसो भएमा सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले पर्याप्त लाभ उठाउन सक्ने सरकारको विश्वास छ । मन्त्री बिष्टको प्रस्तावलाई जापानी राजदुतले सकारात्मक भएको भन्दै छलफल अघि बढाउने प्रतिवद्धता जनाएका छन् । 


अहिले नेपाली प्रशिक्षार्थी कामदार जिट्को प्रणालीमार्फत जापान जाने गरेका छन् । सरकारले त्यसका लागि म्यानपावर व्यवसायीको सूचीकरण गरेर जिम्मा दिएको छ । नेपाली उद्योगहरुले आफ्ना कामदारलाई प्रशिक्षार्थीका रुपमा सिफारिस गरेपछि जापानका औद्योगिक प्रतिष्ठानमा रोजगारी पाउँछन् । त्यसका लागि १२७ किसिमका कामको प्रकृति निर्धारण गरिएको छ । कामदार पठाउने जिम्मा म्यानपावर व्यवसायीले लिन्छन् । जिट्को अन्तरगत २५० वटा म्यानपावर सूचीमा छन् । तर, म्यानपावर व्यवसायीले जापानबाट त्यस्ता कामदारका लागि पर्याप्त मात्रामा डिमान्ड ल्याउन सकेका छैनन् भने कामदारको छनोट पारदर्शी र व्यवस्थित छैन ।

जापान पठाउन कोरिया मोडल उपयुक्त 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले जापान पठाउन कोरियाको जस्तै मोडल उपयुक्त हुने भन्दै त्यस्तै मोडलमा जापानमा नेपाली कामदार पठाउन सके नेपालीका लागि आकर्षक गन्तब्यका रुपमा लिईएको जापानमा रोजगारी थप प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । श्रम मन्त्रालयले सकेसम्म नेपाली कामदार विदेश पठाउँदा सरकारी तवरबाटै राम्रो हुन्छ भनेको छ । जापान राजदुतले नेपालले राखेको प्रस्ताव सकारात्मक भएको भन्दै आफु त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । राजदुत ओगावाले नेपालको प्रस्ताव जापान सरकार समक्ष जस्ताको तस्तै पुर्याउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान