२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएर उद्यमी बनेकाहरूलाई पुरस्कारका लागि आवेदन खुला

२३ चैत्र २०७४, शुक्रबार १०:२७

चैत्र २३,काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकाहरूलाई पुरस्कृत गर्नको लागि आवेदन खुल्ला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना प्रकाशन गरि वर्षेनी वितरण गर्ने पुरस्कारको लागि आवेदन खुला गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी बनेकाहरूले ३० दिन भित्र आवेदन दर्ता गर्नकाले लागि आव्हान गरेको छ । वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई मन्त्रालयले सम्मान गरी उनीहरूको योगदानको कदर र स्वरोजगारीमा नेपाली नागरिकलाई प्रोत्साहन गर्ने उद्येश्यले पुरस्कृत गर्ने कार्यक्रम रहेका मन्त्रालयले जनाएको छ ।


विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ को अनुसूचि २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरी खामबन्दी गरी मन्त्रालयको ठेगाना ‘रोजगार समन्वय तथा तालिम शाखा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिहंदरवार, काठमाण्डौ’ मा पठाउन मन्त्रालयले आग्रह गरको छ । उद्यमी पुरस्कारका लागि छनोट गर्दा १०० पूर्णांकमा मूल्यांकन गरिने उक्त कार्यविधिमा उल्लेख छ ।

यसअनुसार रोजगारी सिर्जना र पुँजी लगानीको अनुपातको २० अङ्क, स्थानीय साधन, स्रोत र प्रविधिको उपयोग २०, आयात प्रतिस्थापन/निर्यातमूलक उद्योग १०, अनुसन्धानमूलक वा आविष्कृत प्रविधिको प्रयोग १०, राज्यलाई तिरेको करको योगदान १०, दुर्गम एवम् विकट क्षेत्र वा गाउँघरमा उद्योग स्थापना व्यवसाय र सञ्चालन १०, महिला, मधेसी, आदिवासी, जनजाति, दलित, उपेक्षित र सीमान्तकृत वर्गलाई रोजगारी प्रदानका लागि १०, सामाजिक दायित्व बहन ५, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनका लागि ५ अंक तय गरिएको छ । 

श्रम मन्त्रालयलेअघिल्लो वर्ष एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार एक जनालार्ई र छ जनालाई ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान