२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! विज्ञापनको भर नपर्नू, अष्ट्रेलिया आउने आशमा ठगिनु होला

२०७४, २९ चैत्र बिहीबार ०७:०५

१२ अप्रील, क्यानवेरा । यदि तपाईहरु धन कमाउने आशमा अष्ट्रेलिया आउन चाहनुभएको छ ? यदि त्यसो हो भने सावधान रहनुहोस् । यतिवेला गठहरु सलबलाएका छन् ।

आकर्षक रोजगारीको नाममा भ्रामक रुपमा विज्ञापन तथा प्रचारप्रसार गरिरहेका छन् । तर, ठगिने भएकोले यस्ता भ्रामक विज्ञापनहरुको विश्वास नगर्न अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ ।


विज्ञापनको भर पर्दा कतिपय ठगिएको र ठगिने डर भएकोले यस्ता विज्ञापनको भर नपर्न दूतावासले सतर्क गराएको हो ।

दूतावासले विज्ञप्ति निकाली यस्ता विज्ञापनहरु गठी गर्ने नियतले गरेको भन्दै विज्ञापनको भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

हालसम्म अष्ट्रेलिया सरकार र नेपाल सरकारवीच अष्ट्रेलियामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति र सम्झौता नभएको समेत दूतावासले स्पस्ट पारेको छ ।

साथै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुभन्दा पहिले अध्ययन गर्न चाहेको शैक्षिक संस्था, आवास एवंम सामाजिक र आर्थिक वातावरणको सम्बन्धमा जानकारी लिएर मात्रै आउन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी