बैशाख ६ काठमाडौँ । बैदेशिक रोजगार विभागलाई चुनौती दिंदै पावर इम्प्लोइमेन्ट प्रा ली ले विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । विगत केहि दिन यता लगातार एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्दै आएको हो  । उक्त म्यानपावरले  बैदेशिक रोजगार ऐन र  न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६ काठमाडौँ । बैदेशिक रोजगार विभागलाई चुनौती दिंदै पावर इम्प्लोइमेन्ट प्रा ली ले विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । विगत केहि दिन यता लगातार एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्दै आएको हो  । उक्त म्यानपावरले  बैदेशिक रोजगार ऐन र  न"/>
२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरका एजेन्ट भन्छन्: ‘३ लाख तिर्ने भए आउनुस नत्र…’

२०७५, ६ बैशाख बिहीबार ०९:०८

बैशाख ६ काठमाडौँ । बैदेशिक रोजगार विभागलाई चुनौती दिंदै पावर इम्प्लोइमेन्ट प्रा.लिले विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । विगत केहि दिन यता लगातार एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्दै आएको हो । उक्त म्यानपावरले बैदेशिक रोजगार ऐन र  नियामावली विपरित पत्रिकामा विज्ञापन गरेको छ ।

हरेक म्यानपावरले बैदेशिक रोजगार विभागबाट पुर्व स्विकृति लिएपछि कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा एक हप्ताको म्याद राखेर विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ, सोहि प्रक्रिया अनुसार विज्ञापन त प्रकाशन गरिएको त छ तर उक्त विज्ञापनमा म्यानपावर कम्पनीको सम्बन्धित टेलिफोन नम्बर बाहेक विभागबाट अनुमति समेत नलिएका एजेन्टहरुको मोबाइल नम्बर राखिएको छ ।


साझासबालले उक्त म्यानपावर कम्पनीको विज्ञापनमा राखिएका केहि नम्बरहरुमा कामदारको रुपमा सम्पर्क गर्दा उनीहरुले बिभिन्न म्यानपावरको समेत नाम लिन भ्याए । सोहि मध्येका एक एजेन्टले त सुरुमा आफु सो कम्पनीको नभएको समेत बताए । तर ड्राइभरको डिमाण्ड आएको रहेछ नि ? के कति शुल्क लाग्ने हो ? भन्दा महँगो छ हजुर भन्दै ३ लाख तिर्ने भए आउनुस नत्र सो भन्दा कममा पठाउन नसकिने जवाफ दिए । यसरि एजेन्टको नम्बर विज्ञापनमा किन प्रकाशित गर्नुभएको भन्ने साझासबालाको जिज्ञासामा उक्त कम्पनीका एक कर्मचारीले चिनजानका व्यक्तिहरु भएकोले उनीहरुको नम्बर राखिएको बताए । उनले भने 'नम्बर राखिएको सबैको घर समेत चिनेका छौं त्यहि भएर सम्बन्धित ठाउँमा सम्पर्क गर्न भन्दै नम्बर राखिएको हो ।' 

तर बैदेशिक रोजगार विभागले एजेन्ट विवरण अध्यावधिक गर्न सूचना प्रकाशन गरिरहँदा पावर इम्प्लोइमेन्ट प्रा.लिले उल्टै विना इजाजतका १९ जना एजेन्टका मोबाइल तथा ल्याण्डलाइन नम्बर राखेर विज्ञापन प्रकाशन गर्दै आएको छ ।  एजेन्टका नम्बर राखेर विज्ञापन प्रकाशन गर्न मिल्छ ? भन्ने हाम्रो प्रश्नमा बैदेशिक रोजगार विभागका निर्देशक शशी कुमार लम्सालले कानूनत: नमिल्ने बत्ताए । उनले भने ''हामीले एजेन्ट अध्याधिक गर्न भनिरहँदा उल्टै यसरी विज्ञापन प्रकाशन गरिनु गलत हो, यस म्यानपावरलाई हामी छानबिनको दायरामा ल्याउछौं । लगत्तै बिभागले घटनाबारे अनुसन्धान गर्न एक अनुसन्धान अधिकारी तोकिएको र सोको प्रतिवेदन पश्चात थप जानकारी दिने बताएको छ । 

म्यानपावरमा चर्को शुल्क तिर्नुपर्ने मुख्य कारण नै एजेन्ट 

साझा सबालले माथिको रिपोर्ट तयार गरिराख्दा अर्को महत्वपूर्ण कुरालाई इंगित गर्नुपर्ने हुन्छ । अधिकांश म्यानपावर संचालकहरुले म्यानपावरमा चर्को शुल्क तिर्नुपर्ने मुख्य कारण नै एजेन्ट भएको कुरा स्विकार्छन् तर अधिकांश म्यानपावरलाई आधिकारिक रुपमा एजेन्टको व्यवस्था गरेर वा दोहोरो सम्झौता गरेर मात्र एजेन्ट राख्दा कामदार केहि हदसम्म सुरक्षित हुन्छन् र चर्को शुल्क तिर्नबाट बच्छन् भन्ने हेक्का छैन ।

आधिकारिकता नदिई चिनजानको भरमा डिमाण्ड पूर्ति गर्ने कुरामा मात्र ध्यान दिएर एजेन्ट तोक्दा र पत्रिकामै त्यस्ता अनाधिकृत एजेन्टको नम्बर प्रकाशन गर्दा कतिपय एजेन्ट र म्यानपावर बीचनै कुरा मिल्दैन । म्यानपावरले कुनै कामदार विदेश जाँदा ५० हजार उठाएको छ भने एजेन्ट मार्फत बैदेशिक रोजगारीमा जाँदा १ लाख भन्दा बढी तिर्नु परेको पनि बाध्यता छ । जुन कुरा व्यवसायीहरुनै स्वीकारेको कुरा हो ।

यस बिषयमा एक व्यवसायीले भनेको कुरालाई राख्ने हो भने यस बिषयमा थप स्पष्ट हुन सकिन्छ – 'कमिसन बापत १०/१५ हजार भन्दा बढी पैसा नउठा भन्दा अर्को म्यानपावरतिर कामदार देलान भन्ने डर हुन्छ, त्यसैले जति उठाएपनि ध्यानै दिइन्न । उही डिमाण्डमा कोहि ६० हजारमा जान्छन् त कोहि १ लाख पनि तिर्छन ।' यी व्यावसायीको भनाईबाट पनि के स्पष्ट हुन्छ भने कमिसन बापत एजेन्टले कतिसम्म उठाउने भन्ने कुरामै म्यानपावर र एजेन्टबिच सम्झौता छैन । कतिपय एजेन्टले कामदारको सयौं पासपोर्ट आफुसंग राख्ने र एकै एजेन्टमार्फत पनि चर्को अशुली गर्दै जसले बढी कमिसन दियो वा जुन डिमाण्डमा बढी उठाउन सकियो त्यसैलाई प्राथमिकता दिने गरेका छन् । 

त्यसो त सबै म्यानपावरको अनाधिकृत एजेन्ट छैन, केहि म्यानपावरले बिज्ञापनमा अन्तर्वार्ताको मिति उल्लेख गरेर आफै सम्बन्धित सहरमा पुगी अन्तर्वार्ता लिएर कामदार परिपूर्ति गर्ने गरेका पनि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण