२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागको निर्देशन नमान्ने म्यानपावर कम्पनीको लिष्ट तयार हुँदै

२०७५, ११ बैशाख मंगलवार १२:४०

बैशाख ६ काठमाडौँ। बैदेशिक रोजगार विभागले दिएको निर्देशन नमान्ने म्यानपावर कम्पनीलाई कारवाही गर्न म्यानपावर कम्पनीको लिष्ट तयार गर्ने जनाएको छ । म्यानपावर कम्पनीहरुले विज्ञापन प्रकाशन गर्दा विभागले दिने सूचनालाई कामदारले स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन नगरेपछि यस्तो लिष्ट तयार गर्न लागेको हो ।

विभागले  बैशाख ६ गते  बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाले निकालेका पूर्व स्विकृति सम्बन्धि विज्ञापनहरु स्पष्ट पढ्न सकिने गरि प्रकाशन गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो  ।  विभागले दिएको निर्देशनको म्यानपावर कम्पनीले पालाना नगरेपछि कारवाही गर्नको लागि अटेर गर्ने म्यानपावर कम्पनीको  लिष्ट तयार गर्ने तयारी गरिएको विभागका निर्देशक शशीकुमार लम्सालले जानकारी दिए । अब विभागले दिएको निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीले प्रकाशन गरेका विज्ञापनको लिष्ट संकलन गरि कारवाही प्रक्रिया शुरु हुन्छ उनले भने ''अटेर गर्ने म्यानपावरलाई विभागले यहि सूचनाका आधारमा कारवाहीको दायरामा ल्याउँछ।''

सूचना तथा डिमाण्डमा  उल्लेख गरिनुपर्ने  "बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी" स्पष्ट रुपमा पढ्न नसक्ने गरि प्रकाशन नगरिएको पाइएको भन्दै अब उप्रान्त उक्त व्यहोरा  स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन गर्न इजाजत प्राप्त सस्थालाई विभागले निर्देशन दिएको थियो । तर  विभागले दिएको निर्देशन पछि पनि म्यानपावर कम्पनीले प्रकाशन गरेका विज्ञापन पहिलेकै तरिकाले प्रकाशन गर्दै आएका छन् ।   

कामदारले थाहा पाउनुपर्ने जानकारीलाई सूचना प्रकाशन गर्दा महत्व नदिएपछि इजाजत प्राप्त संस्थालाई  बैशाख ५ गतेको निर्णय अनुसार विभागले निर्देशन दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी