२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा ७८ करोड २६ लाख ठगीको मागदावी

१३ बैशाख २०७५, बिहीबार ०६:१७

बैशाख १३,काठमाडौँ । बैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगि नियन्त्रणमा हुनुको सट्टा बढ्दै गएको देखिएको छ । नियामक निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको भूमिका कमजोर हुँदा ठगिका घटना झन् बढ्दै गएको विभागकै रेकर्डले पुष्टी गरेको छ ।

विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको चैत्र मसान्तसम्मको ठगी उजुरीको विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ५ सय ८७ उजुरीमा ७८  करोड २६  लाख ५२ हजार ९ सय ९६ रुपैयाँ माग दावी देखिएको हो । 

विभागले २३  करोड ३५  लाख ३२ हजार १ सय २ रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा १ सय ७४ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । विभागले दायर गरेको यो व्यक्तिगत परेका उजुरी मात्र हुन् । संस्थागत अर्थात् म्यानपावर कम्पनीलाई भने विभागले कुनै मुद्दा दायर गरेको छैन।

चैत्र महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ५ सय ८७ उजुरी परेकोमा ८ सय ७४ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय ५६  र संस्थागत अर्थात् म्यानपावरतर्फ ७  सय १८  वटा उजुरीहरु रहेका छन् । विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ४२ करोड ४९ लाख ७ हजार ९ सय ८७  र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ १९ करोड ८६ लाख २४ हजार ३ सय ९८  रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी देखिन्छ ।  

हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ १०० वटा उजुरी पर्दा व्यक्तिगत १०४  वटा उजुरी परेका छन् ।  फागुनमा व्यक्तिगततर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १७  उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरिएको छैन। विभागमा उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्ने हुनाले म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर नभएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान