२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा ७८ करोड २६ लाख ठगीको मागदावी

२०७५, १३ बैशाख बिहीबार ११:३२

बैशाख १२,काठमाडौँ । बैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगि नियन्त्रणमा हुनुको सट्टा बढ्दै गएको देखिएको छ । नियामक निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको भूमिका कमजोर हुँदा ठगिका घटना झन् बढ्दै गएको विभागकै रेकर्डले पुष्टी गरेको छ  ।

विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको चैत्र मसान्तसम्मको ठगी उजुरीको विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ५ सय ८७ उजुरीमा ७८  करोड २६  लाख ५२ हजार ९ सय ९६ रुपैयाँ माग दावी देखिएको हो । 

विभागले २३  करोड ३५  लाख ३२ हजार १ सय २ रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा १ सय ७४ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । विभागले दायर गरेको यो व्यक्तिगत परेका उजुरी मात्र हुन् । संस्थागत अर्थात् म्यानपावर कम्पनीलाई भने विभागले कुनै मुद्दा दायर गरेको छैन।

चैत्र महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ५ सय ८७ उजुरी परेकोमा ८ सय ७४ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय ५६  र संस्थागत अर्थात् म्यानपावरतर्फ ७  सय १८  वटा उजुरीहरु रहेका छन् । विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ४२ करोड ४९ लाख ७ हजार ९ सय ८७  र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ १९ करोड ८६ लाख २४ हजार ३ सय ९८  रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी देखिन्छ ।  

हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ १०० वटा उजुरी पर्दा व्यक्तिगत १०४  वटा उजुरी परेका छन् । फागुनमा व्यक्तिगत तर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १७  उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरिएको छैन । विभागमा उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्ने हुनाले म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर नभएको विभागले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी