२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जान २ लाख, यसरी ठगिए २ युवा

२०७५, १३ बैशाख बिहीबार १२:०१

मीना घोरसाइने/काठमाडौँ १३ वैशाख | झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु दुई लाख दिनुभएको थियो । 

गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौँ आउनुभयो तर उहाँलाई एकछिन लजमा बस्दै गर्नु म आउँछु भनेर गएका दनुवार २० दिन बितिसक्दा पनि फर्कैर आएनन् । 

पीडित यादव र खड्कासँग न लजमा तिर्ने पैसा नै थियो नत खानका लागि । दुबैजना साउदीमा आठ वर्ष सँगै बसेर काम गरी नेपाल फर्किनुभउको थियो । नेपाल फर्किएको दुई वर्षपछि दनुवारले यादव र खड्कासँग कोरिया पठाउने काम आफूले गरेको भन्दै रकम लिएका थिए । 

एक महिनासम्म अलपत्र परेपछि पीडित दुवै महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरीका लागि आउनुभयो । 

“साथी भनेर विश्वास गर्नु हाम्रो सबैभन्दा ठूलो गल्ती भयो”, पीडित यादवले भन्नुभयो, “रकम फिर्ता दिन्छु भनी उसले फोन त गरेको थियो, तर मोबाइल नै बन्द गरेर बसेपछि हामी प्रहरीसम्म आइपुगेका हौँ ।” कहिलेकाहीँ पीडकको फोन लागे पनि उसले परिवारलाई उठाउन दिने गरेको उहाँले रासससँगको कुराकानीमा भन्नुभयो । दुबैजनाले विद्यार्थी भिसामा कोरिया जानका लागि दनुवारलाई रकम दिएका थिए । 

यादव र खड्का वैदेशिक रोजगारमा ठगिनुभएका उदाहरणका पात्रमात्र हुनुहुन्छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४÷७५ चैत मसान्तसम्मको तथ्यांकअनुसार व्यक्तिगततर्फ ८१८ र संस्थागततर्फ ७६९ गरी जम्मा एक हजार ५८७ थान वैदेशिक रोजगारका क्षेत्रमा भएका ठगीका उजुरी परेका छन् । 

ती उजुरीमध्ये व्यक्तिगततर्फ अदालतमा १५७ मुद्दा दायर भएका छन् भने संस्थागततर्फ १७४ मुद्दा दायर भएका हुन् । 

संस्थागत र व्यक्तिगतमात्र नभई अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउन खोजेमा तिनीहरुलाई सिधै विभागले कारवाही गर्ने गरेको छ । 

इजाजत प्राप्त संस्थाबाट भएका गल्तीको उजुरी विभागमा आउने गरेको विभागका सूचना अधिकारी शशिकुमार लम्सालले बताउनुभयो । तीमध्ये कहिलेकाहीँमात्र कामदारको गल्तीका उजुरी भेट्ने गरेको उहाँले जानकारी दिनुभयो । 

“प्राप्त उजुरीमध्ये कामदारको पक्षमा नै धेरैजसो सुनुवाइ हुने गरेको छ ।” उहाँले भन्नुभयो । वैदेशिक रोजगार विभागले ठगीमा परेकालाई उद्धार गर्दै पनि आएकोे उहाँले जानकारी दिनुभयो । विभागले प्रहरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विभागमा आएका उजुरीमाथि कारवाही गर्ने गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँमा ६० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारसंग सम्बन्धित ठगीका मुद्दा दर्ता हुने गरेको परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । “छिट्टै पैसा कमाउने अभिलाषाले नै मानिसहरु ठगीमा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो । 

वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनु जरुरी छ । सरकारले ठगी गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्ने कानून बनाए यस्ता ठगीका घटना कम हुने थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी