२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जान २ लाख, यसरी ठगिए २ युवा

१३ बैशाख २०७५, बिहीबार १२:०१

मीना घोरसाइने/काठमाडौँ १३ वैशाख | झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु दुई लाख दिनुभएको थियो । 

गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौँ आउनुभयो तर उहाँलाई एकछिन लजमा बस्दै गर्नु म आउँछु भनेर गएका दनुवार २० दिन बितिसक्दा पनि फर्कैर आएनन् । 

पीडित यादव र खड्कासँग न लजमा तिर्ने पैसा नै थियो नत खानका लागि । दुबैजना साउदीमा आठ वर्ष सँगै बसेर काम गरी नेपाल फर्किनुभउको थियो । नेपाल फर्किएको दुई वर्षपछि दनुवारले यादव र खड्कासँग कोरिया पठाउने काम आफूले गरेको भन्दै रकम लिएका थिए । 

एक महिनासम्म अलपत्र परेपछि पीडित दुवै महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरीका लागि आउनुभयो । 

“साथी भनेर विश्वास गर्नु हाम्रो सबैभन्दा ठूलो गल्ती भयो”, पीडित यादवले भन्नुभयो, “रकम फिर्ता दिन्छु भनी उसले फोन त गरेको थियो, तर मोबाइल नै बन्द गरेर बसेपछि हामी प्रहरीसम्म आइपुगेका हौँ ।” कहिलेकाहीँ पीडकको फोन लागे पनि उसले परिवारलाई उठाउन दिने गरेको उहाँले रासससँगको कुराकानीमा भन्नुभयो । दुबैजनाले विद्यार्थी भिसामा कोरिया जानका लागि दनुवारलाई रकम दिएका थिए । 

यादव र खड्का वैदेशिक रोजगारमा ठगिनुभएका उदाहरणका पात्रमात्र हुनुहुन्छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४÷७५ चैत मसान्तसम्मको तथ्यांकअनुसार व्यक्तिगततर्फ ८१८ र संस्थागततर्फ ७६९ गरी जम्मा एक हजार ५८७ थान वैदेशिक रोजगारका क्षेत्रमा भएका ठगीका उजुरी परेका छन् । 

ती उजुरीमध्ये व्यक्तिगततर्फ अदालतमा १५७ मुद्दा दायर भएका छन् भने संस्थागततर्फ १७४ मुद्दा दायर भएका हुन् । 

संस्थागत र व्यक्तिगतमात्र नभई अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउन खोजेमा तिनीहरुलाई सिधै विभागले कारवाही गर्ने गरेको छ । 

इजाजत प्राप्त संस्थाबाट भएका गल्तीको उजुरी विभागमा आउने गरेको विभागका सूचना अधिकारी शशिकुमार लम्सालले बताउनुभयो । तीमध्ये कहिलेकाहीँमात्र कामदारको गल्तीका उजुरी भेट्ने गरेको उहाँले जानकारी दिनुभयो । 

“प्राप्त उजुरीमध्ये कामदारको पक्षमा नै धेरैजसो सुनुवाइ हुने गरेको छ ।” उहाँले भन्नुभयो । वैदेशिक रोजगार विभागले ठगीमा परेकालाई उद्धार गर्दै पनि आएकोे उहाँले जानकारी दिनुभयो । विभागले प्रहरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विभागमा आएका उजुरीमाथि कारवाही गर्ने गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँमा ६० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारसंग सम्बन्धित ठगीका मुद्दा दर्ता हुने गरेको परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । “छिट्टै पैसा कमाउने अभिलाषाले नै मानिसहरु ठगीमा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो । 

वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनु जरुरी छ । सरकारले ठगी गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्ने कानून बनाए यस्ता ठगीका घटना कम हुने थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान